७९१ विद्यार्थी दीक्षित

काठमाण्डु टुडे २०७१ पुष १ गते १२:१४ मा प्रकाशित

काठमाण्डु, १ पुस–चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले दश वर्षपछि दोस्रो दीक्षान्त समारोहको आयोजना गरेको छ । प्रतिष्ठानद्वारा आयोजित विशेष समारोहमा ७९१ जना दीक्षित विद्यार्थीहरूलाई दीक्षान्त प्रदान गरिएको थियो ।
PM Honors Doctors

प्रतिष्ठानका कुलपति एवम् प्रधानमन्त्री सुशील कोइरालाले डाक्टर अफ मेडिसिनमा १४ जना, एमडी÷एमएस÷एमडिएसतर्फका ६०६ जना र पिबिबिएनका १७१ जनालाई दीक्षान्त प्रदान गरेका हुन् ।

प्रतिष्ठानको प्राज्ञिक परिषद्ले तोकेबमोजिम सम्बन्धित तहको प्रतिष्ठानबाट लिइने परीक्षाका आवश्यक सर्तहरू पूरा गरी २०७१ कात्तिक २१ गतेसम्ममा उक्त तह उत्तीर्ण विद्यार्थी दीक्षित भएका हुन् ।

प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री सुशील कोइरालाले शान्ति, स्थायित्व, लोकतान्त्रिक संविधान र विकासलाई अगाडि बढाउनु आजको मुख्य आवश्यकता भएकाले त्यस कार्यमा सबैको सहयोग आवश्यक भएको बताए ।

दीक्षित ७९१ विद्यार्थीमध्ये २२७ जनाले पूर्ण सरकारी छात्रवृत्ति प्राप्त गरेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us