पहाडी क्षेत्रमा बुधबारदेखि घाम लाग्ने, तराईमा शीतलहर बढ्न सक्ने

काठमाण्डु टुडे २०७१ पुष १ गते १०:०९ मा प्रकाशित

काठमाण्डु, १ पुस– पश्चिमी वायुका कारण बढेको चिसोले काठमाण्डु उपत्यकासहित देशैभरिको जनजीवन प्रभावित पारेको छ । देशका अधिकांश स्थानमा वर्षा तथा हिमपात भएको छ ।

7
मौसमविद्का अनुसार बुधबारदेखि उपत्यकासहित अधिकांश क्षेत्रमा घाम लागे पनि चिसो घट्ने संकेत नरहेको र तराईमा भने शितलहर हुन सक्ने छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार इरान, अफ्गानिस्तान तथा भारतको काश्मिर हँुदै आएको पश्चिमी वायुको प्रभावले चिसो बढेको हो ।
‘कहिलेकाँही यो चिसो हावा नेपाल नआई तिब्बतबाट जाने गर्छ तर अहिले बेस्टन डिस्टरबेन्स नेपाल छिरेकाले चिसो अचानक बढेको हो’, प्रधानाङ्गले भने ।
चिसोको मुख्य समय ‘मध्य डिसेम्बरदेखि मध्य जनवरी हुने गरेकाले अहिले नै चिसो नहटे पनि घाम लागेर केही राहत हुने प्रधानांगले बताए ।
मौसमविद्का अनुसार यो वायु अरब सागरमा भएको परिवर्तित मौसम प्रणालीका कारण आउने गर्छ । प्राधानाङ्गले देशको अधिकांश स्थानमा मौसम पुर्वानुमान शाखा तथा स्टेसन नभएका कारण देशैभरिको अवस्था बताउन नसके पनि डडेलधुरामा ढेड फिट हिमपात भएको जनाए ।

हिमपातले यातायात अवरुद्ध
भारी हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्लाको यातायात सेवा अवरुद्ध भएको छ । सोमबार देखिनै सुदुरपश्चिमका पहाडी क्षेत्रमा भएको हिमपातका कारण भीमदत्तलगायत मुख्य राजमार्ग बन्द भएपछि यातायात सेवा बन्द भएको हो ।
यातायात सेवा अवरुद्ध हुदा सयौं सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । बढ्दो चिसोका कारण यात्रुहरुको बिचल्ली भएको छ भने स्थानिय जनजिवन प्रभावित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us