मोदीद्वारा पाकिस्तानमा भएको हमलाको भत्र्सना

काठमाण्डु टुडे २०७१ पुष १ गते १२:१३ मा प्रकाशित

एजेन्सी– पाकिस्तानको एक स्कुलमा विद्रोहीद्वारा भएको आक्रमणको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भत्र्सना गरेका छन् ।

Modi Twitt photo
मोदीले आफ्नो ट्वीटरमा लेख्दै भनेका छन्, ‘यो असंवेनशील आक्रमण हो, यस्तो बर्बरताको कुनै बयान गर्न सकिन्न… जसमा सबैभन्दा निर्दोष व्यक्तिहरु र स्कुल पढ्ने बालबालिकाका परेका छन् ।’
मोदीले आफन्त गुमाउनेहरुप्रति समवेदना समेत प्रकट गरेका छन् । पाकिस्तानको पेशावर सहरमा भएको आक्रमणमा झण्डै डेढ सयको मृत्यु भइसकेको अनुमान गरिएको छ । बिबिसीले १३२ जनाको ज्यान गइसकेको उल्लेख गरेको छ , जसमा अधिकांश बच्चाहरु छन् ।
यसैबीच भारतीय गृहमन्त्री राजनाथ सिंहले पनि आक्रमणको निन्दा गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘पेशवारमा भएको स्कुलमाथिको आक्रमणको म कडा शब्दमा निन्दा गर्दछु । यसले अमानवीय आतंकवादीहरुको असली अनुहार उदांग भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us