
सिन्धुपाल्चोक, १ पुस- स्याउ बोक्ने कन्टेनरमा राखेर तस्करी हुँदै गरेको २३ किलो सुन प्रहरीले बरामद गरेको छ । चीनको खासबाट काठमाडौं ल्याइदै गरेको सुन भक्तपुरको जगतेमा प्रहरीले राति १२ बजे बरामद गरेको हो ।
चालक बस्ने सिट नजिकै प्लास्टिकभित्र सुन राखिएको अवस्थामा प्रहरीले सुन नियन्त्रणमा लिएको थियो । कन्टेनरमा अरु पनि सुन हुने आशंकामा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको छ ।
ना३ख ५०५८ नम्बरको कन्टेनरमा फल्स बटन बनाएर कालो प्लाष्टिकभित्र सुन राखिएको प्रहरीले जनाएको छ । प्रहरीले कन्टेनर चालकसहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।