स्वास्थ्यमन्त्रीले भने, ‘बिरामीका नाममा व्यापार नगर’

काठमाण्डु टुडे २०७१ पुष १ गते १:१० मा प्रकाशित

काठमाण्डु, १ पुस– ‘मैले भ्रष्टचार गरेको छैन, कतै पत्ता लाग्छ भने म आज मात्र होइन सात वर्षपछि पनि जेल जान तयार छु’, स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले राजधानीमा मुलुकभरबाट भेला भएका सरकारी चिकित्सकलाई भने, ‘तपाईंहरु पनि बिरामीलाई सेवा मात्र दिनुहोस्, उनीहरुका नाममा व्यापार नगर्नुहोस् ।’

khagaraj-adhikari-395x237

सरकारी चिकित्सक संघ (गोदान) को दोस्रो साधरणसभाका अवसरमा मुलुकका विभिन्न जिल्लाबाट भेला भएका चिकित्सकलाई बिरामीको सेवामा ‘बार्गनिङ’ नगर्न भन्दै मन्त्री अधिकारीले करिब डेढ घन्टा भाषण गरे । ‘म तपाईंको अभिभावक पनि हुँ, तपाईंलाई गाली गर्ने र सम्झाउने अधिकार मलाईं छ’, मन्त्री अधिकारीले भने, ‘चिकित्सकीय पेसाको मूल मर्म तपाईंले बिर्सन मिल्दैन ।’

उनले सामान्य कामसमेत चिकित्सकले नगर्दा अस्पतालको अवस्था नाजुक भएको भन्दै असन्तुष्टि व्यक्त गरिरहँदा चिकित्सकले भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीबाटै सेवासुविधा र नीतिनियम कार्यान्वयनमा सौतेनी व्यवहार भएको गुनासो गरेका थिए ।

अन्नपूर्णपोस्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us