चरीको पैसाले बेलायतमा पिएचडी गर्ने तयारीमा छिन् खुश्बु ओली

काठमाण्डु टुडे २०७१ पुष १ गते ४:१४ मा प्रकाशित

khushbuकाठमाण्डु, १ पुस– प्रेमी गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउण्टरमा मारिएपछि प्रहरीले हत्या गरेको भन्दै मिडियामा अन्तर्वार्ता दिएर एकाएक चर्चामा आएकी पूर्वमोडल खुश्बु ओलीले आफू बेलायतमा पिएचडी गर्ने तयारीमा रहेको दाबी गरेकी छन् ।

चरीको मृत्युपछि उनको सम्पत्ति भोगचलन गरेको आशंकामा प्रहरीले अनुसन्धान थालेपछि खुश्बु केही महिनाअघि सुटुक्क बेलायत पुगेकी थिइन् ।

खुश्वुले ‘सोर्स बिहाइन्ड द राइज अफ मुस्लिम, एक्स्टि्रम इन मिडिल इष्ट’ शीर्षकमा शोधपत्र तयार गर्ने तयारी गरिरहेको बेलायतबाट प्रकाशित वीनेपाली डटकमले जनाएको छ ।

समाचारमा यसअघि उनले स्नातक गरेको अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गर्ने सोच बनाएको र त्यसबारे प्राध्यापकहरुसँग छलफल गरिरहेको उल्लेख छ ।

पिएचडीबाहेक आफ्नो काठमाण्डुस्थित आश्रममा रहेका बालबालिकालाई ‘स्ट्रिट चाइल्ड वल्र्डकप’ मा सहभागिताका लागि नाम दर्ता गराउन खोजिरहेकी छन् ।

उनले काठमाण्डुको भाटभटेनीमा ‘सेल्टर’ नामक बालआश्रम चलाइरहेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us