सभासद्कै छोरी नक्कली परीक्षार्थी

काठमाण्डु टुडे २०७१ पुष १ गते १:२४ मा प्रकाशित

अछाम, १ पुस– बाजुराबाट समानुपातिक सभासद् वसुन्धरा रोकायाकी छोरी निशा रोकायाले अछाममा अर्काका नाममा परीक्षा दिएको खुलेको छ ।

अछामको बयलपाटा अस्पतालमा अनमी पदका लागि खुलेको विज्ञापनमा सभासद् रोकायाकी छोरी निशा रोकायाले बाजुराकै धनी थापाको परीक्षा दिएको खुलेको हो । स्टाप नर्स उत्तीर्ण निशा बाजुरामा अनमी पदमा स्थायी जागिरे रहेको बुझिएको छ ।

बयलपाटा अस्पतालले शनिबार अनमी पदका लागि लिएको लिखित परीक्षामा निशा नै सहभागी भएको अन्य परीक्षार्थीले बताएका छन् । मौखिक परीक्षामा भने धनी आफै सहभागी भएको अस्पताल व्यवस्थापनले जनाएको छ । दुई जना अनमीका लागि खोलिएको विज्ञापनमा पाँच जना लिखित परीक्षार्थी उत्तीर्ण भएर मौखिकका लागि छनोट भएका थिए ।

सोमबार मौखिक परीक्षा सुरु हुनुअघि नै त्यसबारे हल्ला फैलिएपछि नक्कली परीक्षार्थी निशा फरार भएको र धनीले पनि अस्पतालभित्रकै केही कर्मचारीको मिलोमतोमा परीक्षा दिन लगाएको स्वीकार गरेको नाम नबताउने सर्तमा एक परीक्षार्थीले बताए ।

अन्नपूर्णपोस्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us