काठमाण्डु, २९ मंसिर– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाशले बाबुलाई पार्टीको मुल नेतृत्व नछाड्न भनेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आन्दोलनको एउटा अध्याय पूरा नगरी पार्टी अध्यक्ष छाड्न नमिल्ने बताएका हुन् ।
६ महिनापछि सुरु भएको केन्द्रीय समिति बैठकमा आइतबार प्रचण्डले आगामी २०७२ सालको माघमा विशेष महाधिवेशन गर्ने र त्यहींबाट नेतृत्व हस्तान्तरण थाल्ने प्रस्ताव गरेका थिए ।
दुई नेताबीच पार्टीको वैचारिक नेतृत्व प्रचण्ड र सांगठनिक नेतृत्व भट्टराईले लिने भद्र सहमति भएको बताइएको छ ।
प्रकाशले फेसबुकमार्फत प्रचण्डले नेतृत्व छाड्नै पर्ने बाबुराम भट्टराईलाई दिन नहुने विचार व्यक्त गरेका छन् । समकालिनभन्दा अर्को पुस्तालाई नेतृत्व सुम्पनु राम्रो हुने उनको भनाइ छ ।
उनले बाबुरामको नाम उल्लेख नगरी प्रचण्डपछि म भनेर नफ्रन चेतावनी दिएका छन् । उनले कसैले मागेर नेतृत्व लिए कार्यकर्ताले नमान्ने भन्दै आफूसमेत मान्न तयार नभएको उदघोष गरेका छन् ।
‘कार्यकर्तामा निराशा † कार्यकर्तालाई कति तडपाउने ?, साँच्चै प्रचण्डले अध्यक्ष छोडे भने के होला ? एउटा अध्याय पुरा नगरी यो छोड्ने कुरा आउँदैन’, उनले भनेका छन्, ‘यो अध्याय बीचेमा छोड्दा सायद कोही पनि सन्तुष्ट हुने छैनन् र अर्को उत्तराधिकारी समकालिनभन्दा पनि अर्को पुस्तालाई सुम्पने कुरा हो । आफूभन्दा उमेरले जेठोलाई होइन ।’