
सुर्खेत, १ पुस– सुर्खेतमा वर्षातसँगै परेको चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।
सोमबार साँझ परेको चट्याङ लागेरी जिल्लाको सहारेकी ५७ वर्षीया उमा घर्ती र घुमखहरेकी १० वर्षीया पवित्रा खड्काको मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते भएका दुवैको उपचारका लागि अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
यसैबीच सुर्खेतकै मालारानीका २६ वर्षीय राजेन्द्र वलीको भीरबाट लडेर मृत्यु भएको छ ।