काँग्रेस-एमालेलाई संविधानसभाभित्रै लठ्ठी हान्ने अशोक राईको चेतावनी

काठमाण्डु टुडे २०७१ पुष १ गते १५:१० मा प्रकाशित

ashok rai

पोखरा, १ पुस- संघीय समाजादी पार्टीका अध्यक्ष अशोककुमार राईले काँग्रेस-एमाले पहिचानसहितको संघीयताको वरोधमा जान खोजेको भन्दै आवश्यक परे संविधानसभाभित्रै भौतिक आक्रमण हुन सक्ने चेतावनी दिएका छन् ।
पार्टी सम्वद्ध अग्रगामी विद्यार्थी युनियनको प्रथम राष्ट्रिय सम्मेलनको मंगलबार पोखरामा उदघाटन गर्दै उनले काँग्रेस एमाले परिवर्तनविरुघ जान खोजे शिष्टताको सीमा नाघ्न बाध्य हुने चेतावनी दिए ।

उनले काँग्रेस एमालेको नौ बुँदे सहमति संघीयताविरुद्ध आएको बताए ।

काँग्रेस एमाले पहिचानसहितको संघीयताविरुद्ध गोमन साँपजस्तै फँडा फुलाएर आएको भन्दै लाठी हानेर तह लगाइने चेतावनी दिए ।

काँग्रेस एमालेलाई दुई तिहाईले संविधान जारी गरेर जनता जिस्काउने मुर्खतापूर्ण काम नगर्न उनको चेतावनी थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us