शिक्षकले आफ्नै छात्रालाई प्रेम प्रस्ताव राखेपछि…

काठमाण्डु टुडे २०७१ पुष १ गते १५:४३ मा प्रकाशित

धरान, १ पुस- सुनसरीको एक विद्यालयका शिक्षकले आफ्नै छात्रालाई प्रेम प्रस्ताव राखेपछि हंगामा भएको छ ।

धरानस्थित नवोदय स्कुलका शिक्षक अमर तिम्सिनाले आफ्नै छात्राले  ‘आई लभ यू’ भनेका हुन् ।

तिम्सिनाले कक्षा नौमा पढ्ने एक छात्रालाई कोठामा बोलाएर आफूलाई मन पर्ने भन्दै बिहेको प्रस्ताव गरेका थिए ।

छात्राले उक्त प्रस्ताव अस्वीकार गरेर साथीहरुलाई भनेपछि घटना बाहिर आएको हो ।

यसैबीच विद्यालयले शिक्षक तिम्सिनालाई निष्काशन गरेको छ । शिक्षक तिम्सिनाले गल्ती स्वीकार गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us