प्रचण्ड राष्ट्रपति बन्न खोजेका छन्ः मन्त्री बस्नेत

काठमाण्डु टुडे २०७१ पुष १ गते १५:५५ मा प्रकाशित

mahesh basnetविराटनगर, १ पुस- उद्योगमन्त्री महेश बस्नेतले एमाओवादी अध्यक्ष प्रचण्ड माघ ८ पछि राष्ट्रपति हुन खोजेको आरोप लगाएका छन् ।
प्रेस चौतारी मोरङले मंगलबार विराटनगरमा गरेको पत्रकार भेटघाटमा मन्त्री बस्नेतले आफ्नो राष्ट्रपति बन्ने आकांक्षा पूरा गर्न मुलुकलाई बन्दी बनाएको बताए ।
कसैको व्यक्तिगत आकांक्षा पूरा गर्न मुलुकलाई बन्दी बनाउन नसकिने उनको भनाइ थियो ।
उनले राष्ट्रपति बन्ने रहर जागेको भए जिब्रो नचपाई खुलस्त भन्न आग्रह गरे ।

अर्को एक फरक प्रसंगमा उनले समयमै संविधान बन्ने ग्यारेण्टी भए राष्टिय सरकार बनाउन सकिने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us