डोटेली भाषा संरक्षणका लागि विकास केन्द्र गठन

काठमाण्डु टुडे २०७१ पुष २ गते ३:४९ मा प्रकाशित

कञ्चनपुर, २ पुस – सुदूरपश्चिममा बोलिने डोटेली भाषाको संरक्षण र सम्बद्र्धन गर्नका लागि डोटेली भाषा विकास केन्द्र गठन भएको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा कार्यालय रहेको महाकाली साहित्य संगमले भाषा विकास केन्द्र गठन गरेको हो ।

सुदूरपश्चिम क्षेत्रको भाषा, साहित्य, संस्कृति संरक्षण र सिर्जनालाई जीवन्त राख्ने उद्देश्यले केन्द्रको गठन गरिएको संगमका अध्यक्ष वीरबहादुर चन्दले बताए । ‘भाषा र साहित्य संरक्षणको क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई सम्मिलित गरी केन्द्रको गठन गरेका छौं’ उनले भने ।

केन्द्रको निर्देशकमा वंशिधर जोशी, सदस्यमा वासुदेव भट्ट, डा. लक्ष्मी पण्डित, पञ्चमराज भट्ट, लक्ष्मीकान्त जोशी, यज्ञराज पाण्डेय, नारा जोशी, राजेन्द्रसिंह रावल, हरिप्रसाद खतिवडा, गम्भीर चन्द र कृपाराम राना रहेका छन् ।

केन्द्रको सल्लाहकारमा प्राध्यापक माधवप्रसाद पोखरेल, जयराज अवस्थी, जयराज पन्त, डा. चन्दनसिंह बोहरा, डा. महादेव अवस्थी, अमृत योञ्जन, यज्ञराज उपाध्याय, आरडी प्रभाष चटौत, खगेन्द्रनाथ योगी, हरिशचन्द भट्ट र लालु दमाईं रहेका छन् ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us