राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता

काठमाण्डु टुडे २०७१ पुष २ गते ९:०५ मा प्रकाशित

काठमाण्डु, २ पुस–राष्ट्रपति डा रामवरण यादव र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलगायत अन्य समसामयिक विषयमा भेटवार्ता भएको छ ।

index

अध्यक्ष दाहाल राष्ट्रपति निवास शीतलनिवास गई मुख्यतः संविधान लेखनमा दलहरुबीच भइरहेका प्रयासका बारेमा राष्ट्रपति डा यादवलाई जानकारी गराएका थिए ।

नयाँ संविधान जारी गर्ने मिति माघ आठ गते नजिकिँदै गर्दा संविधान लेखनका प्रगतिका बारेमा राष्ट्रपति डा यादवले दलका नेताहरुलाई शीतलनिवास बोलाई जानकारी लिइरहेका छन् ।

सो अवसरमा अध्यक्ष दाहालले सहमतिका आधारमा घोषित मितिमा संविधान जारी गर्न आफ्नो दलले सहमतिको प्रयास जारी राखेको सञ्चारकर्मीलाई बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us