
पोखरा, २ पुस–कास्की जिल्ला अदालतले बलात्कारका अभियुक्त दण्डपाणि ढकाललाई १० वर्ष जेल सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश रामप्रसाद ओलीको एकल इजलासले अभियुक्त ढकाललाई मङ्गलबार जेल सजायका साथै पीडित महिलालार्ई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।
गोर्खा आरुपोखरी स्थायी घर भई लेखनाथ नगरपालिकाको भण्डारढिकमा रहेको जनप्रकाश उमाविमा शिक्षकका रुपमा कार्यरत ढकालले सोही विद्यालयमा अध्ययनरत दृष्टिविहीन एक छात्रालाई बलात्कार गरेपछि पीडितले गत भदौ ३१ गते अदालतमा किटानी जाहेरी दिएकी थिइन् ।
निःशुल्क कानुनी सहयोग गर्दै आएको कानुनी सहयोग तथा परामर्श केन्द्र कास्कीका तर्पmबाट अधिवक्ताद्वय शोभा पौडेल र सरिता थापाले पीडितको पक्षबाट बहस गरेका थियो । रासस