
पोखरा, २ पुस- कास्की जिल्ला अदालतले दृष्टिविहीन युवती बलात्कारमा संलग्नलाई १० वर्षको कैद सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश रामप्रसाद वलीको एकल इजलासले गोरखा आरुपोखरी घर भई कास्की लेखनाथ बस्दै आएका दण्डपाणि ढकाललाई बुधबार उक्त सयाज सुनाएको हो ।
पोखरास्थित जनप्रकाश उच्च माविका शिक्षक ४६ वर्षीय ढकालले आफ्नै १८ वर्षीया एक दृष्टिविहीन छात्रालाई गत १९ भदौमा बलात्कार गरेका थिए ।
पीडितले एक संस्थाको सहयोगमा ढकालविरुद्ध उजुरी दिएकी थिइन् ।