कैलाश सत्यार्थी काठमाण्डुमा

काठमाण्डु टुडे २०७१ पुष ४ गते ३:२५ मा प्रकाशित

काठमाण्डु, ४ पुस– २०१४ को नोबेल शान्ति पुरस्कारका बिजेता  कैलाश सत्यार्थी शुक्रबार नेपाल अाएका छन् । सन् १९९० बाट आफैले चलाएको ‘बचपन बचाओ आन्दोलन’ का सञ्चालक सत्यार्थी आफ्नो पूर्वप्रतिवद्धता उनुरुप अाएका हुन् ।

कात्तिकमा नोबेल पुरस्कार पाएसँगै उनले नेपाल आउने प्रतिवद्धता जनाएका थिए । आफूले पाएको पुरस्कारको श्रेय उनी नेपाललाई पनि दिन चाहन्छन् ।

_MG_2689

‘सत्यार्थीलाई  त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सभासद डिल्लीबहादुर चौधरीलगायतले स्वागत गर्नेछन् । लगत्तै बानेश्वरको एपेक्स स्कुल, सिहंदरबारस्थित राष्ट्रिय योजना आयोग र नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख सुवासचन्द्र नेम्वाङलाई भेट गरि संसदमा सम्बोधन पनि गर्ने कार्यक्रम छ । त्यस्तै उनी सिंहदरबारमा प्रधानमन्त्री सुशील कोइरालासँग भेट गर्ने छन् र बेलुकी बानेश्वरको एभरेस्ट होटलमा कांग्रेसका नेता शेरबहादुर देउवाले दिने भोजमा जाने छन् ।

शनिबार बिहान बागमती सफाइ अभियानमा सरिक भएर उनी बालबालिका सम्बन्धी कार्यक्रमबा लागि दाङ जानेछन । आइतबार बिहान शितलनिवासमा राष्ट्रपतिसँग भेटधाट तथा नेपाल पुलिस कल्बमा उनको सम्मानमा आयोजना गरिएको कार्यक्रममा सरिक भएपछि उनी १२ बजे फर्कने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us