राजनीतिक स्थिरताका लागि लोकतान्त्रिक संविधान आवश्यकः उपप्रधानमन्त्री सिंह

काठमाण्डु टुडे २०७१ पुष ३ गते १३:०८ मा प्रकाशित

काठमाण्डु, ३ पुस–उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको राजनीतिक स्थिरताका लागि लोकतान्त्रिक संविधान आवश्यक हुने बताएका छन् ।

prakash man singh nccccc_20140715081416

डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिद्वारा डा डिल्लीरमण रेग्मीको एक सय दुई औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले नेपालको भविष्य सुन्दर बनाउनका लागि विद्यमान अस्थिरतालाई अन्त्य गर्न निर्धारित समयमा सविधान लेखनलाई निष्कर्षमा पु¥याउनुपर्ने बताए ।

“डा डिल्लीरमण रेग्मी इतिहासविद्का साथै राजनीतिक नेतृत्वकर्ता समेत थिए । उनको जीवनीबाट धेरै सिक्न सकिन्छ,”– सिंहले भने ।

उक्त अवसरमा पुस्तकालयले पुनः प्रकाशन गरेको रेग्मीको   ‘विदर नेपाल’ उनले नै लोकार्पण गरेका थियो ।

पूर्व शिक्षा मन्त्री एवम् एनेकपा माओवादीका नेता दीनानाथ शर्माले आफ्नो कमाइलाई राष्ट्रका नाममा समर्पण गर्ने रेग्मीको जीवनीबाट धेरै कुरा सिक्न सकिने बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us