
काठमाण्डु, ३ पुस- पूर्वको सोलुखुम्बुलाई केन्द्र बिन्दु बनाएर बिहीबार राति ४ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको छ ।
नाम्चे बजारबाट २१ किलोमिटर दक्षिण पश्चिम खुम्जुङ क्षेत्रलाई केन्द्र बनाएर राति ९ बजेर १८ मिनेटमा भूकम्प गएको हो ।
देशका अधिकांश भूभाग लगातार करिब ५ सेकेण्डसम्म भूकम्पको धक्काले हल्लिएको थियो ।
काठमाण्डु उपत्यकासहित आसपास क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
काठमाण्डु आसपासका नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, दोलखा, मकवानपुर, चितवन, कास्कीसहित विराटनगर, जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
खाना खाएर सुतिसकेका बेला भूकम्प गएपछि मानिसहरु घरबाहिर निस्केका थिए ।
भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भने भएको छैन ।
काठमाण्डु टुडेका पत्रकार नरेश ज्ञवालीका अनुसार काठमाण्डुको कीर्तिपुर क्षेत्रमा मानिसहरु सबै घरबाहिर निस्केर बसेका छन् ।
भूकम्प फेरि फर्कन सक्ने भन्दै मानिसहरु बाहिरै बसेको ज्ञवालीले बताए । काठमाण्डु विश्वकै उच्च भूकम्पीय जोखिम भएको सहरमा पर्छ ।