
सप्तरी, ३ पुस- सप्तरी सदरमुकाम राजविराजमा जेठाजुको कुटाइबाट बुहारीको मृत्यु भएको छ ।
राजविराज ३० की कान्छी भनिने अम्बिकादेवी यादवको उनकै जेठाजु सत्यनारायण, जेठानी सुहाविन र छोरी ललितालगायतले कुटेर हत्या गरेका हुन् ।
उनीहरुले बाँसको भाटाले अम्बिकादेवीलाई कुटेका थिए ।
कुटपिटबाट गम्भीर घाइते उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नायब उपरीक्षक केदार ढकालले जानकारी दिए ।
घटनामा संलग्न सत्यनारायणसहित सबै फरार छन् । उनीहरुको खोजी भइरहेको ढकालले बताए । घरासयी विवादका कारण घटना भएको अनुमान प्रहरीको छ ।