उदयपुर, ४ पुस– लामोदूरीको यात्रामा सवारी चालकको थकान तथा तनावको कारण सवारी दुर्घटना हुने क्रम बढ्दै गएपछि उनीहरुलाई विश्राम गर्न सिद्धिचरण लोकमार्गअन्तर्गत सिरिसेको बेतेनीमा पहिलोपटक ताजगी केन्द्रको स्थापना गरिएको छ । उदयपुरको कटारी हुँदै बेतेनी तथा घुर्मी भएर ओखलढुंगा तथा खोटाङ जिल्लासम्म सञ्चालन हुने...
पोखरा, ४ पुस– सर्वाेच्च अदालतमा दर्ता भएका मुद्दाहरुको पेसी, म्याद तामेली र अवस्था अब पुनरावेदन र जिल्ला अदालतबाट पनि जानकारी पाउनसकिने भएको छ । पहिलो चरणमा नौ पुनरावेदन र ३१ जिल्लाका जिल्ला अदालतबाट एसएमएस/अनलाइन सेवामार्फत सेवाग्राहीले जानकारी पाउने भएका हुन् । यस्तो सेवा प्रदान...
म्याग्दी, ४ पुस– केही वर्षअघिसम्म मंसिर–पुस महिनामा पाखैभरि लालुपाते फुलेर राताम्य हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा दुई वर्षयता फुल्नै छोडेको छ । माटोमा अम्लीयपना बढ्नाका साथै तापक्रम वृद्धिको असरका कारण फूल फुल्ने र बाली पाक्ने समयमा समेत परिवर्तन आउन थालेपछि...
काठमाण्डु, ४ पुस– चौतर्फी दबाबपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको शुक्रबारको बैठकले पेट्रोलमा प्रतिलिटर सात तथा डिजेल र मट्टितेलमा पाँच रुपैयाँ ५० पैसा घटाउने निर्णय गरेको हो । मूल्य घटेसँग अब उपभोक्ताले पेट्रोल प्रतिलिटर अन्तर्राष्ट्रिय बजारमा लगाता...
विराटनगर, ४ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले विराटनगर उपमहानगरपालिकाका कर्मचारीको शैक्षिक योग्यताको प्रमाणपत्रको माग गरेपछि अहिलेसम्ममा चार जना कर्मचारीले राजीनामा दिएका छन् । आफ्नो पदबाट राजीनामा दिनेहरुमा खरिदारद्वय विनोदकुमार तिम्सिना, मनोजकुमार दास, कार्यालय सहयोगी गोविन्दप्रसाद नेपाल र प्लम्बर जगदीश कामत रहेको...
विराटनगर, ४ पुस– मोरङमा आज बिहान चिसोका कारण एक वृद्धको मृत्यु भएको छ । हसनदह–४ स्थित पौडेल चोकमा ८३ वर्षीय नुहा सतार मृत अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सतार पहिलेदेखि नै सडकमै बस्ने गरेकाले चिसोको कारण उनको मृत्यु भएको हुनसक्ने...
काठमाण्डु, ४ पुस– सन् २०१४ को नोबेल शान्ति पुरस्कार बिजेता कैलाश सत्यार्थीले आफूलाई विश्वका विभिन्न मुलुकहरुबाट १० हजारभन्दा बढी निमन्त्रण आइसकेको भए पनि आफूले ती सबैलाई छाडेर पहिलोपटक नेपाल भ्रमण आएको बताएका छन् । ‘नोबेल पुरस्कार पाएदेखि अहिलेसम्म मलाई विभिन्न देशहरुबाट झन्डै १० हजारभन्दा...
काठमाण्डु, ४ पुस– होचापुड्का उत्थान समाजले खोलेको क्याफेको उद्घाटन अनाथ बालबालिकाको हातबाट गराइएको छ । बुढानीलकण्ठमा सञ्चालनमा ल्याउन लागिएको होचापुड्का क्याफे एन्ड रेस्टुराँको उद्घाटन नेपाल आत्महत्या रोकथाम एवम् मानसिक स्वास्थ्य अनुसन्धान केन्द्रद्वारा सञ्चालित बालगृहमा रहेका ११ बालबालिकाले सामूहिक रुपमा गरेका हुन् । रोस्टुराँको उद्घाटनपछि...
काठमाण्डु, ४ पुस– राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले ठूला नेता रक्सीमा डुब्ने गरेको आरोप लगाएका छन् । व्यवस्थापिका–संसदअन्तर्गत राज्य व्यवस्था समितिको शुक्रबारको बैठकमा उनले ठूला नेता रक्सीमा डुबेको आरोप लगाएका हुन् । ठूलाबडा नै रक्सीमा डुबेका कारण मुलुक बर्बादीतर्फ उन्मुख भएको उनको भनाइ थियो...
काठमाण्डु, ४ पुस– संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले माघ ८ मा नयाँ संविधान जारी गर्नका लागि राजनीतिक दलहरुबीचमा थप क्रियाशीलताको आवश्यक भएको बताएका छन् । नेपाल रेडक्रस सोसाइटीद्वारा ‘संसद्सँग रेडक्रस विषयक’ छलफलमा अध्यक्ष नेम्वाङले संविधान निर्माणका क्रममा दलहरुबीचमा केही असहमति देखिएको र छिटो सहमतिमा पुग्न...
झापा, ४ पुस– आफ्नै नाबालक छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य रमेश पोखरेललाई २० वर्ष कैद सजाय हुनेभएको छ । झापा जिल्ला अदालतका न्यायाधीश रमेशकुमार खत्रीको एकल इजालसले मसिर २८ गते पोखरेललाई हाडनाता, नाबालक र जबर्जस्ती करणीमा उक्त...
काठमाण्डु, ४ पुस– एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको संघीय लोकतान्त्रिक गठबन्धनले संवैधानिक समितिमा पेश गरेको नौ बुँदे प्रस्ताव फिर्ता लिन काँग्रेस–एमालेलाई आग्रह गरेको छ । गठबन्धनको शुक्रबार बसेको बैठकले प्रस्ताव फिर्ता नलिए सडक र सदनमार्फत आन्दोलनमा उत्रने चेतावनी दिएको छ । विगतका सम्झौता र प्रतिबद्धताअनुसार...