दलहरुबीच थप क्रियाशीलताको आवश्यकता : अध्यक्ष नेम्वाङ

काठमाण्डु टुडे २०७१ पुष ४ गते ८:४७ मा प्रकाशित

काठमाण्डु, ४ पुस– संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले माघ ८ मा नयाँ संविधान जारी गर्नका लागि राजनीतिक दलहरुबीचमा थप क्रियाशीलताको आवश्यक भएको बताएका छन् ।

subash nembang

नेपाल रेडक्रस सोसाइटीद्वारा ‘संसद्सँग रेडक्रस विषयक’ छलफलमा अध्यक्ष नेम्वाङले संविधान निर्माणका क्रममा दलहरुबीचमा केही असहमति देखिएको र छिटो सहमतिमा पुग्न आफूले बारम्बार आग्रह गर्दै आएको चर्चा गर्दै अब पनि निर्धारित मितिमा संविधान जारी नहुने हो भने योभन्दा ठूलो दुर्भाग्य मुलुकका लागि अरु केही नहुने धारणा राखेका थिए ।

उनले भने ‘जनताका सामु राजनीतिक दलहरुले माघ ८ मा सहमतिका माध्यमबाट संविधान जारी गर्ने प्रतिबद्धता जनाएका हुन्, समयसीमा नजिकिँदो छ, यसलै म दल र तिनका नेतालाई थप क्रियाशील हुन आग्रह गर्दछु ।’

मानवीय सेवामा रेडक्रसले प्रशंसनीय काम गरेको स्मरण उनले स्मरण गरे । कार्यक्रममा सोसाइटीका अध्यक्ष सञ्जीव थापाले सबैभन्दा ठूलो मानवीय संस्थाका रुपमा रेडक्रस रहेको  र यसका १० लाखभन्दा बढी सदस्य र ९० हजार स्वयंसेवक रहेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us