काठमाण्डु, ४ पुस– राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले ठूला नेता रक्सीमा डुब्ने गरेको आरोप लगाएका छन् ।
व्यवस्थापिका–संसदअन्तर्गत राज्य व्यवस्था समितिको शुक्रबारको बैठकमा उनले ठूला नेता रक्सीमा डुबेको आरोप लगाएका हुन् ।
ठूलाबडा नै रक्सीमा डुबेका कारण मुलुक बर्बादीतर्फ उन्मुख भएको उनको भनाइ थियो । उनले नेताहरुको सिको गरेर राजनीतिमा लागेको र त्यसभन्दा बाहिर रहेको नयाँ पुस्ताले पनि रक्सी पिउने संस्कार अनुशरण गरेको बताए ।
‘मापसे गरेको आरोपमा ड्राइभरलाई समाउने, तर गाडीमा बसेका मालिकले चाहिं खान हुने ?’ उनको प्रश्न थियो ।