
विराटनगर, ४ पुस– मोरङमा आज बिहान चिसोका कारण एक वृद्धको मृत्यु भएको छ । हसनदह–४ स्थित पौडेल चोकमा ८३ वर्षीय नुहा सतार मृत अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सतार पहिलेदेखि नै सडकमै बस्ने गरेकाले चिसोको कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएकोे छ । उनको शव परीक्षणका लागि मंगलबारेस्थित स्वास्थ्य केन्द्रमा पठाइएको छ ।
विगत केही दिनदेखि पूर्वी क्षेत्रमा व्यापक रुपमा जाडो बढेको छ ।