
झापा, ४ पुस– आफ्नै नाबालक छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य रमेश पोखरेललाई २० वर्ष कैद सजाय हुनेभएको छ ।
झापा जिल्ला अदालतका न्यायाधीश रमेशकुमार खत्रीको एकल इजालसले मसिर २८ गते पोखरेललाई हाडनाता, नाबालक र जबर्जस्ती करणीमा उक्त सजाय सुनाउादै चार लाख क्षतिपूर्ति बिगो भराउनेसमेत फैसला गरेको हो ।
०७० असोज १८ गते झापा जिल्ला अदालतमा दर्ता भएको मुद्दाको बादीतर्फ सरकारी वकिल जिल्ला न्यायाधिवक्ता प्रमोद भट्टराई र प्रतिवादीका तर्फबाट कानुन व्यवसायी चित्रबहादुर मगरले मुद्दामा बहस पैरवी गरेएका थिए ।