अख्तियारको डरले चार कर्मचारीले गरे राजीनामा

काठमाण्डु टुडे २०७१ पुष ४ गते ९:३८ मा प्रकाशित

विराटनगर, ४ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले विराटनगर उपमहानगरपालिकाका कर्मचारीको शैक्षिक योग्यताको प्रमाणपत्रको माग गरेपछि अहिलेसम्ममा चार जना कर्मचारीले राजीनामा दिएका छन् ।

आफ्नो पदबाट राजीनामा दिनेहरुमा खरिदारद्वय विनोदकुमार तिम्सिना, मनोजकुमार दास, कार्यालय सहयोगी गोविन्दप्रसाद नेपाल र प्लम्बर जगदीश कामत रहेको विराटनगर उपमहानगरपालिकाले जनाएको छ ।

प्रशासन शाखाका नन्दीकेश्वर भण्डारीले यस कार्यालयबाट १ सय २५ जना कर्मचारीको शैक्षिक योग्यताका प्रमाणपत्र अख्तियारमा पठाइएको र राजीनामा दिनेहरुले आफ्नो स्वेच्छाले राजीनामा गरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us