समाचार

एमाओवादी उम्मेदवारको घरमा शंकास्पद बस्तु

२०७० मंसिर २ गते २:०८

गुलरिया, २ मंसिर–बर्दियामा एकीकृत नेकपा माओवादीका एक उम्मेदवारको घरमा शंकास्पद बस्तु फेला परेको छ । बर्दिया क्षेत्रनम्बर १ का प्रत्यक्षतर्फका उम्मेदवार भुवन चौधरीको घरमा शंकास्पद बस्तु फेला परेको छ । मोतिपुर ७ स्थित घरमा विहान ५ बजे शंकास्पद बस्तु देखेपछि घरका सदस्यहरुले प्रहरीलाई खबर...

मतदाता परिचयपत्रमा त्रुटि भेटियो

२०७० मंसिर २ गते १:५४

सप्तरी, २ मंसिर–जिल्ला निर्वाचन कार्यालयले सप्तरीमा वितरण गरेको मतदाता परिचयपत्रमा केही त्रुटि भेटिएको छ । निर्वाचन आयोगले तयार गरेको मतदाता परिचयपत्रमा केही समान्य त्रुटि फेला परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता परिचयपत्र वितरण सुरु गरेको पहिलो दिन शनिबार सप्तरीको हरिपुर–४ निवासी परमेश्वरीदेवी...

काँग्रेस कार्यकर्ताले एमाओवादी कार्यकर्तालाई खुकुरी हाने

२०७० मंसिर १ गते १४:५०

गोरखा, १ मंसिर– गोरखाको धावा गाविसमा २०० को संख्यामा रहेका काँग्रेसका कार्यकर्ताले एमाओवादी कार्यकर्ता बिनोद नेपाली र सुवास अधिकारीलाई खुकुरी हानी गम्भीर घाइते बनाएका छन् । सोही गाविसको वडा नं ५ मा घरदैलो अभियान गरिरहेका अधिकारी र नेपालीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ...

एमाओवादी केन्द्रीय कार्यालयमा बम

२०७० मंसिर १ गते १४:४३

काठमाण्डु, १ मंसिर–एकीकृत नेकपा माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बम फेला परेको छ । कार्यालय बाहिरको सडकमा शनिबार पेट्रोल बम फेला परेको हो । साँझ साढे सात बजेतिर भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । माओवादी केन्द्रीय कार्यालय सचिव प्रल्हाद बुढाथोकीले...

गुडिरहेको बसमा बम प्रहार, ८ यात्रु घाइते

२०७० मंसिर १ गते १४:०१

काठमाण्डु, १ मंसिर– काठमाण्डुको सतुंगलमा गुडिरहेको यात्रु बसरमा बम प्रहार भएको छ । काठमाण्डुबाट वीरगञ्जतर्फ जाँदै गरेको यात्रुबाहक बसमा शनिबार करिब साँझ ७ बजे पेट्रोल बम प्रहार भएको हो । ना ४ ख ५२०० नम्बरको बसमा बम प्रहार हुँदा ८ जना यात्रु घाइते भएका...

शनिबार ४ गाडीमा आगजनी, ३ ठाउँमा विष्फोट

२०७० मंसिर १ गते १३:५२

काठमाण्डु, १ मंसिर– नेकपा–माओवादी नेतृत्वको मोर्चाको बन्दमा शनिबार बन्दकर्ताले चारवटा सार्वजनिक सवारी साधनमाथि तोडफोड र आगजनी गर्नुका साथै तीन स्थानमा विष्फोटकजन्य वस्तु विष्फोट गराएको सरकारले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता शंकरप्रसाद कोइरालाका अनुसार मुलुकका विभिन्न भागमा २३ स्थानमा फेला परेका विष्फोटक पदार्थ र...

हामी नभएको भए काँग्रेस–एमालेका नेता जेलमै सड्थे: प्रचण्ड

२०७० मंसिर १ गते १३:१८

काठमाण्डु, १ मंसिर– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुको जनयुद्ध नभएको भए काँग्रेस–एमालेका शीर्ष नेता अझै जेलको हावा खाइरहेको हुने टिप्पणी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र काठमाण्डु–१० मा शनिबार भएको अन्तिम चुनावीसभालाई सम्बोधन गर्दै उनले आफूहरुले काँग्रेस–एमालेका नेतालाई जेलमा सड्नबाट जोगाएको बताए...

काँग्रेसको दु्ई तिहाई आउने कोइरालाको दाबी

२०७० मंसिर १ गते १३:१७

सुर्खेत, १ मंसिर– काँग्रेस सभापति सुशील कोइरालाले ४ मंसिरमा हुने संविधानसभा निर्वाचनमा आफ्नो पार्टीले दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै कोइरालाले देशभर काँग्रेसका पक्षमा जनलहर उर्लिएकाले दुई तिहाई बहुमत ल्याउने दाबी गरेका हुन् । २०१६...

पोस्टर नटाँसी सकियो नरहरीको प्रचार

२०७० मंसिर १ गते १३:०५

काठमाण्डु, १ मंसिर- काँग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले साँच्चिकै संविधान निर्माण गर्ने हो भने अडान मात्र होइन उपाय पनि निकाल्न सक्नुपर्ने बताएका छन् । उनले संविधान निर्माण गर्नका लागि दलहरुले अडान मात्र प्रस्तुत गरेका कारण गएको संविधानसभाले संविधान निर्माण गर्न नसकेको बताएका हुन् ।...

लोकमानको घर अगाडि बम विस्फोट

२०७० मंसिर १ गते १३:००

काठमाण्डु, १ मंसिर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको घर अगाडि बम विस्फोट भएको छ । कार्कीको काठमाडुको बानेश्वर हाइटस्थित निवास अगाडि बम विष्फोट भएको हो । बम विस्फोटको कसैले पनि जिम्मेवारी लिएको छैन । विस्फोटपछि बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको...

यसपटक प्रचण्ड हार्दैछन्: माधव नेपाल

२०७० मंसिर १ गते १२:२५

काठमाण्डु, १ मंसिर– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटकको निर्वाचनमा पराजित हुने दाबी गरेका छन् । काठमाण्डुको कीर्तिपुरमा शनिबार भएको चुनावी सभालाई सम्बोधन गर्दै नेपालले प्रचण्डलाई पराजित गर्न मतदातालाई आग्रह गरे । नेपालले प्रचण्डले काठमाण्डु–१० बाट उम्मेदवारी दिएर...

सीमामा गाडी यताको यतै, उताको उतै

२०७० मंसिर १ गते ११:२८

नेपालगन्ज, १ मंसिर । बाँके जिल्लाको नेपाल–भारत सीमा–नाका बन्द गरिएको छ । संविधानसभा निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी सो नाकाबाट दुई मुलुक आवातजावत गर्ने सवारी साधनमा शनिबारदेखि रोक लगाइएको छ । यसै रोकसँगै नेपाल छिरेका गाडीहरु चुनाव नसकुन्जेलसम्म गतै रहने भएक छन् चने नेपाली गाडीहरु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us