समाचार

ट्रक दुर्घटनामा दुईको मृत्यु

२०७१ पुष ५ गते ९:०६

चितवन, ५ पुस–चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत दाहखानी गाविसस्थित रिद्धिखोला नजिकै भएको ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । हेटौँडाबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख ३५७१ नम्बरको ट्रक सडकबाट करिब ४० मिटर तल खस्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा...

भद्रपुर विमानस्थललाई रातमा पनि सञ्चालन गरिन्छः मन्त्री अमात्य

२०७१ पुष ५ गते ८:५७

झापा, ५ पुस–पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले भद्रपुर विमानस्थललाई स्तरोन्नति गर्न आवश्यक पूर्वाधार तयार गर्ने बताउँदै राति पनि उडान गर्नसक्ने गरी आवश्यक पूर्वाधार निर्माण गरिने जानकारी गराएका छन् । भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले सो विमानस्थलमा रातको समयमा पनि जहाजलाई...

कसरी उडायो म्यासेजले प्रहरीको निन्द्रा ?

२०७१ पुष ५ गते ८:१७

काठमाण्डु, ५ पुस– शुक्रबार पोस्टपेड र प्रिपेडको सिम प्रयोगकर्ताको मोबाइलमा अनौठो म्यासेज आयो जसले काठमाण्डुको चिसो अचानक तातो भएपछि प्रहरीलाई दिउसो देखि रातीसम्म सयौं फोन आए । प्रहरी अधिकारीहरु त्यही म्यासेजका कारण रातभर सुत्न नसकेको बताउछन् । ‘टेरी डेस होम्मेस’ नामक स्वीस संस्थाले बिहीबार...

फेसबुक र ट्वीटरमा बाबुरामका साथी को–को ?

२०७१ पुष ५ गते ७:४८

काठमाण्डु, ५ पुस– पूर्वप्रधानमन्त्री तथा एनेकपा माओवादीका नेता, बाबुराम भट्टराईले सामाजिक सञ्जालमा फेसबुक र ट्वीटरको प्रयोग गर्न थालेको केही बर्ष भैसक्यो । फेसबुक र ट्वीटर दुबैमा उनलाई पछ्याउनेहरुको संख्या ८ लाखभन्दा बढि रहेको छ । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका भट्टराईका...

कति छ मन्त्री खड्काको सम्पत्ति ?

२०७१ पुष ५ गते ७:४२

काठमाण्डु, ५ पुस–सहरी विकास मन्त्री डा नारायण खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आव २०७०–७१ को सम्पत्ति विवरण पेस गरेका छन् । मन्त्री खड्काको काठमाण्डुको खड्का भद्रकालीमा घर जग्गा, गृह जिल्ला उदयपुरमा १५ कट्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । यसैगरी मन्त्री खड्कासँग...

श्रीमान् मारेर जेल गएपछि नाबालकको बिजोग

२०७१ पुष ५ गते ७:२८

मोरङ, ५ पुस–आमा देउमाया बाबु छत्रबहादुर कटवालको हत्या आरोपमा जेल चलान भएपछि उनीहरुका चार नाबालकको बिजोग भएको छ । आफन्तहरुसमेत सबै छत्रबहादुरको हत्यामा संलग्न भएको पुष्टि भइ जेल चलान भएपछि ती चारजना नाबालकको बिजोग भएको हो । तेह्र वर्षीय सन्तबहादुर, ११ वर्षीय दीलबहादुर, पाँच...

हराएका बालिका तिन दिनपछि भेटिए

२०७१ पुष ५ गते ६:०२

इलाम, ५ पुस–तीन दिनअघि घरबाट बेपत्ता भएका तीन बालिकालाई गएराति प्रहरीले इलाम सदरमुकामबाट उद्धार गरेको छ । घरबाट बजार जाने भन्दै हिँडेका इलाम साङ्रुम्वा–३ की पवित्रा शिवा, १० वर्षीय सावित्रा शिवा र वडा नं ६ की ११ वर्षीया समीक्षा दर्जीलाई जिल्ला प्रहरी कार्यालयको गस्ती...

प्रचण्ड गठबन्धन हदैसम्म लचक हुने

२०७१ पुष ५ गते ५:५८

काठमाण्डु, ५ पुस–प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादी नेतृत्वको सङ्घीय  लोकतान्त्रिक गठबन्धनले माघ आठ भित्रै संविधान ल्याउनका लागि सत्तारुढ दलसँग हदैसम्मको चलकता अपनाउने निर्णय गरेको छ । एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बिहान बसेको गठबन्धनको बैठकले संविधानका विवादित विषयमा लचकताका साथ सहमति खोज्ने...

प्रचण्डको दाँत झरेपछि…

२०७१ पुष ५ गते ५:१५

काठमाण्डु, ५ पुस– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको बिरामी भएका छन् । उनको दाँतमा किरा लागेको छ । प्रचण्डले शुक्रबार वीर अस्पतालमा दन्त परीक्षण गराएको उनको निजी सचिवालयले जनाएको छ । त्यस क्रममा प्रचण्डको उनको तल्लोपट्टिको एउटा दाँत चिकित्सकले झिकिदिका छन् । फलोअप...

सहमति नभए प्रक्रियाबाटै संविधान ल्याउँछौः उपप्रधानमन्त्री सिंह

२०७१ पुष ५ गते ५:१३

ललितपुर, ५ पुस–उपप्रधानमन्त्री प्रकाशमान सिंहले सहमतिका माध्यमबाट सम्भव नभए प्रक्रियाबाट भए पनि माघ ८ मा लोकतान्त्रिक संविधान जारी हुने बताएका छन् । लौहपुरुष गणेशमान सिंहको जन्मशताब्दीका अवसरमा  गणेशमान सिंह केन्द्रको आयोजनामा गरिएको विचार गोष्ठीमा उनले संविधान निर्माण कार्यमा सबै राजनीतिक दलहरुसँग सहमतिको प्रयास भइरहेको...

५५ शिक्षकले दिए राजीनामा

२०७१ पुष ५ गते ५:०४

गोरखा, ५ पुस–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि गोरखाका सरकारी विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा बुझाउन थालेका  छन् । गत कात्तिकदेखि जिल्ला शिक्षा कार्यालयमा राजीनामा बुझाउने शिक्षकको भिड छ । आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयले जिल्लामा कार्यरत तीन हजार शिक्षकका कागजात र  प्रमाणपत्र छानबिनका लागि...

हिमपातले मुक्तिनाथ सुनसान

२०७१ पुष ५ गते ४:३२

मुस्ताङ, ५ पुस – भारी हिमपातका कारण मुक्तिनाथ सुनसान बनेको छ । जोमसोमदेखि मुक्तिनाथसम्म जाने सडक र पैदल मार्गमा हिउँ जमेकाले भक्तजन जान–आउन सकेका छैनन् । मंगलबारदेखि छेउछाउका सर्वसाधारणबाहेक कोही पनि आउन नसकेको मन्दिरका मुख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । जोखिम मोलेर हिँड्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us