
मोरङ, ५ पुस–आमा देउमाया बाबु छत्रबहादुर कटवालको हत्या आरोपमा जेल चलान भएपछि उनीहरुका चार नाबालकको बिजोग भएको छ ।
आफन्तहरुसमेत सबै छत्रबहादुरको हत्यामा संलग्न भएको पुष्टि भइ जेल चलान भएपछि ती चारजना नाबालकको बिजोग भएको हो । तेह्र वर्षीय सन्तबहादुर, ११ वर्षीय दीलबहादुर, पाँच वर्षीय तेज बहादुर र दुर्गाबहादुर कटवालको बिजोग भएको सन्तबहादुरले बताए ।
देउमायाले सम्पत्ति आफ्नो नाममा पार्न ५० हजार दिएर मङ्सिर १४ गते श्रीमान्को हत्या गर्न लगाएकी थिइन् । देउमायाले हत्या गरेको खुलेपछि किरियामा बस्दै गरेको अवस्थामा मोरङ प्रहरीले पक्राउ गरेको थियो । रासस