
काठमाण्डु, ५ पुस– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको बिरामी भएका छन् ।
उनको दाँतमा किरा लागेको छ । प्रचण्डले शुक्रबार वीर अस्पतालमा दन्त परीक्षण गराएको उनको निजी सचिवालयले जनाएको छ । त्यस क्रममा प्रचण्डको उनको तल्लोपट्टिको एउटा दाँत चिकित्सकले झिकिदिका छन् ।
फलोअप चेकअपका लागि आइतबार उनी वीर अस्पताल जाने भएका छन् ।
दाँत झिकिए पनि प्रचण्ड बालुवाटारमा शनिबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा सहभागी भएका छन् ।
स्वकीय सचिव चुडामणि खड्काले प्रचण्डको स्वास्थ्य सामान्य रहेको काठमाण्डु टुडेलाई जानकारी दिए ।