कसरी उडायो म्यासेजले प्रहरीको निन्द्रा ?

काठमाण्डु टुडे २०७१ पुष ५ गते ८:१७ मा प्रकाशित

काठमाण्डु, ५ पुस– शुक्रबार पोस्टपेड र प्रिपेडको सिम प्रयोगकर्ताको मोबाइलमा अनौठो म्यासेज आयो जसले काठमाण्डुको चिसो अचानक तातो भएपछि प्रहरीलाई दिउसो देखि रातीसम्म सयौं फोन आए । प्रहरी अधिकारीहरु त्यही म्यासेजका कारण रातभर सुत्न नसकेको बताउछन् ।

new-message-mobile-smart-phone-26401713
‘टेरी डेस होम्मेस’ नामक स्वीस संस्थाले बिहीबार र शुक्रबार एनटिसीको मोबाइलमा करिब तीन लाख उपभोक्ताको मोबाइलमा ‘काठमाण्डु उपत्यकाभित्र किशोर किशोरीहरु व्यवसायिक यौन सम्पर्कका लागि उपलब्ध छन्’, भन्ने सन्देश पठाए पछि यस्तो भएको हो ।
हनुमानढोकाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तम कार्कीलाई म्यासेजका बारे सोध्दा उनले उक्त म्यासेजलाई ‘विष्पोट’को संज्ञा दिए । ‘त्यो म्यासेजले त विष्पोट नै गरायो नी, रातभर सत्न पनि दिएको छैन् ।’, उनले भने ।
‘म सिडीओ साबसँग बस्दै थिएँ, मेरो मोबाइलमा पनि म्यासेज आयो, मैले तत्काल उनीहरुलाई फोन गरेर म्यासेज हटाउन निर्देशन दिँदै दर्ता खारेजीसमेत गर्ने बताएको थिएँ’, कार्कीले भने, ‘त्यसपछि सम्पर्क गर्दा उनीहरु सम्पर्कमा आएका छैनन् ।’
प्रहरी स्रोतका अनुसार सिडियो, न्यायाधिस, सभासदसँगै देशका कयौं महत्वपूर्ण मानिसहरुमा यस्तो गलत म्यासेज गएकाले अनेकौं फोनकल प्रहरीलाई आएकाले फोन उठाउदै फुर्सद नभएको बताउछन् ।
कार्कीले डलर खानेहरुले सबै जानेको भने पनि बचकाना काम गरेको टिप्पणी गरे । उनले संस्थाका अधिकारीहरुलाई उक्त म्यासेज तत्काल हटाउन निर्देशन दिइएको बताए । संस्थाले मोबाइलका तीन लाख उपभोक्तालाई म्यासेज गएकाले त्यसलाई सच्याएर पनः म्यासेज पठाउन समय लाग्ने बताएको प्रहरीले बताएको छ ।
यस्तो म्यासेज पठाउनेलाई के कारबाही हुन्छ भन्ने प्रश्नमा एसएसपी कार्कीले कानुन हेरेर मात्र भन्न सकिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us