
ललितपुर, ५ पुस–उपप्रधानमन्त्री प्रकाशमान सिंहले सहमतिका माध्यमबाट सम्भव नभए प्रक्रियाबाट भए पनि माघ ८ मा लोकतान्त्रिक संविधान जारी हुने बताएका छन् ।
लौहपुरुष गणेशमान सिंहको जन्मशताब्दीका अवसरमा गणेशमान सिंह केन्द्रको आयोजनामा गरिएको विचार गोष्ठीमा उनले संविधान निर्माण कार्यमा सबै राजनीतिक दलहरुसँग सहमतिको प्रयास भइरहेको बताए ।
उनले खासगरी विवादित विषय रहेका सङ्घीय संरचना, निर्वाचन प्रणाली, न्याय प्रणाली, शासकीय स्वरुपबारे सबै दलबीच छलफल भइरहेको उल्लेख गरे ।
दोस्रो संविधानसभाको निर्वाचनपछि नेपाली जनतालाई एक वर्षभित्र संविधान दिने बाचा गरेअनुरुप सोहीबमोजिम माघ ८ मै संविधान दिनुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड रहेको थियो ।
उनले अब निर्माण हुने संविधानमा सबै जातजातिको भाषा, धर्म एवम् अधिकार सुनिश्चित गरिने बताए । रासस