हराएका बालिका तिन दिनपछि भेटिए

काठमाण्डु टुडे २०७१ पुष ५ गते ६:०२ मा प्रकाशित

इलाम, ५ पुस–तीन दिनअघि घरबाट बेपत्ता भएका तीन बालिकालाई गएराति प्रहरीले इलाम सदरमुकामबाट उद्धार गरेको छ ।

घरबाट बजार जाने भन्दै हिँडेका इलाम साङ्रुम्वा–३ की पवित्रा शिवा, १० वर्षीय सावित्रा शिवा र वडा नं ६ की ११ वर्षीया समीक्षा दर्जीलाई जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले अलपत्र अवस्थामा उद्धार गरेको हो ।

उद्धार गरिएका बालिकाहरुलाई आज अभिभावकको जिम्मा लगाइने प्रहरीले जनाएको छ । बालिकालाई कसले र किन ल्याएको हो भन्ने बारेमा केही थाहा नभएको र उनीहरूसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us