समाचार

देशभरिका क्याम्पस अगाडि क्रान्तिकारीको प्रदर्शन

२०७१ पुष ६ गते ११:२३

काठमाण्डु, ६ पुस– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय अनुपातमा नघटाएको भन्दै अखिल क्रान्तिकारीले देशभरिका प्रमुख क्याम्पस अगाडि एक घण्टा चक्काजाम गरेको छ । एमाओवादी निकट विद्यार्थी संगठन क्रान्तिकारीले अन्तराष्ट्रिय मूल्य अनुपातमा नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको भाउ घटाउनुपर्ने, सोही अनुपातमा ढुवानी र...

समाजशास्त्रको एमफिल पठनपाठन बन्द

२०७१ पुष ६ गते १०:५१

काठमाण्डु, ६ पुस–त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत सञ्चालित समाजशास्त्र विषयको एमफिल तहको पठनपाठन ठप्प भएको छ । त्रिविवि, मानविकी तथा सामाजिक सङ्काय डिनको कार्यालयले चार महिनादेखि एमफिल कार्यक्रमअन्तर्गत बिहानी र सन्ध्याकालीन दुई समूहमा कक्षा सञ्चालनको स्वीकृति, कार्यक्रमको छुट्टै खाता सञ्चालन र संयोजकको नियुक्तिसम्बन्धी...

प्रतिकार गरेरै संविधान ल्याउने झलनाथको घोषणा

२०७१ पुष ६ गते १०:४७

काठमाण्डु, ६ पुस– एमालेका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले संसारभर सहमतीबाट कहिँ पनि संविधान नबनेको उल्लेख गर्दै प्रतिकार गरेर भएपनि प्रक्रियाबाटै संविधान घोषणा गरिने बताएका छन् । ‘अब प्रक्रियाबाट संविधान बन्नु पर्छ । सहमति नभए दुई तिहाई बहुमतबाट अघि बढ्छौ’ यो एमाले...

बसमा करेन्ट लाग्दा चारको मृत्यु

२०७१ पुष ६ गते १०:३८

सिन्धुपाल्चोक, ६ पुस–काठमाण्डुबाट सिन्धुपाल्चोक पाङ्ताङ गाविसअन्तर्गत कात्तिकेतर्फ जाँदै गरेको यात्रुबाहक बसमा खम्बाबाट झोलिएको ११ हजार भोल्टको तारबाट करेन्ट प्रवाह हुदा चारजना यात्रुको मृत्यु भएको छ । बा२ख २७०२ नम्बरको बस बराम्ची गाविस २ बालुवामा पुगेपछि अपराह्न यो घटना भएको हो । घटनामा मृत्यु हुनेमा...

अख्तियारको डरले दिए ११ शिक्षकले राजीनामा

२०७१ पुष ६ गते ९:५८

उदयपुर, ६ पुस–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक प्रमाणपत्र छानबिन गर्ने क्रम अघि बढाएपछि जिल्लामा अहिलेसम्म ११ जना शिक्षकले राजीनामा दिएका छन् । राजीनामा दिने शिक्षकमध्ये एकजना माध्यमिक तहको, एकजना निम्न माध्यमिक तहको र बाँकी सबै प्राथमिक तहका शिक्षक रहेको जिल्ला शिक्षा कार्यालय उदयपुरले जनाएको...

एमाले नेता गोकर्ण विष्ट सहमतिकै पक्षमा

२०७१ पुष ६ गते ९:३४

काठमाण्डु, ६ पुस– एमाले सचिव गोकर्ण विष्टले लचकता अपनाएर सबै दल सहमतिमै जानुपर्ने बताएका छन् । संविधानसभाको आजको बैठकमा बोल्दै नेता विष्टले संवादहीनताले समस्याको समाधान नहुने भन्दै जिम्मेवारपूर्ण भएर संवाद अघि बढाउन सबै दललाई आग्रह गरेका छन् । उनले भने, ‘संविधान निर्माणमा हाम्रो दल...

गोली ठोक्ने धम्की दिने शिक्षकको बचाउ गर्दै विद्यालय बन्द

२०७१ पुष ६ गते ९:२५

सिरहा, ६ पुस–गोली ठोक्ने धम्की दिने शिक्षकको बचाउ गर्दै पेसागत शिक्षक सङ्घ सङ्गठनले सिरहा जिल्लाभरका सामुदायिक विद्यालय बन्द गराएका छन् । विद्यालय बन्द भएपछि विद्यालय पढ्न पुगेका विद्यार्थी घर फर्कन बाध्य भएका छन् । गोली ठोक्ने धम्की दिनेमाथि दर्ता भएको सार्वजनिक मुद्दा फिर्ता लिनुपर्ने...

एमाओवादी मोर्चा जाने भयो सडकमा

२०७१ पुष ६ गते ९:०९

काठमाण्डु, ६ पुस– एमाओवादी नेतृत्वको १९ दलीय मोर्चाले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेसँग वार्ता असफल भएको भन्दै सङ्घर्षको कार्यक्रम तय गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ । एमाओवादीको संसदीय दलको कार्यालयमा आज बसेको मोर्चाको बैठकले सङ्घर्षको कार्यक्रम तय गर्न कृष्णबहादुर...

कहाँ लागु छ सरकारको दुई सिफ्ट सेवा ?

२०७१ पुष ६ गते ९:०८

काठमाण्डु, ६ पुस–सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सेवा प्रवाहको चाप भएका सरकारी कार्यालयमा मात्र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्मको दुई सिफ्ट सेवा लागू गरिएको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद्अन्तर्गतको राज्य व्यवस्था समितिको आइतबार बसेको बैठकमा सांसदहरुले यही पुस १ गतेदेखि मुलुकका विभिन्न सरकारी...

वामदेवलाई किन छाडे प्रदीप नेपालले ?

२०७१ पुष ६ गते ८:५२

काठमाण्डु, ६ पुस– एमाले नेता प्रदीप नेपालले वामदेव गौतमको निजी सचिवालय छाडेका छन् । उपप्रधान तथा गृहमन्त्री गौतमको प्रमुख सल्लाहकार भएर राजनीतिक नियुक्तिमा गएका नेता नेपालले आज सामाजिक सञ्चालमा एक वाक्यको सूचना लेखेर आफूले वामदेवलाई छाडेको सार्वजनिक गरेका हुन् । उनले फेसबुको एक वाक्यको...

माओवादी युद्धमा ध्वस्त दाङका १९ भवनको हालत अझै उस्तै

२०७१ पुष ६ गते ८:३५

दाङ, ६ पुस– माओवादी जनयुद्धका बेलमा क्षतिग्रस्त भएका दाङ जिल्लाका १९ वटा गाविस भवन सरकाले अझै पुनःनिर्माण गरेको छैन । गाविस भवनको पुनःनिर्माण हुन नसक्दा नागरिकलाई सेवा प्रवाहमा असहजता एवम् कठिनाइ हुने गरेको ती गाविसका सचिवहरुले बताएका छन् । सरकारको तल्लो निकाय गाविस कार्यालयका...

फुजेल काण्डका आरोपी रामप्रसाद काठमाण्डुमा समातिए

२०७१ पुष ६ गते ८:२०

काठमाण्डु, ६ पुस–गोरखा फुजेल ७ का कृष्ण अधिकारीको हत्यामा संलग्न रहेको आरोप लागेर प्रहरीको फरार सूचीमा रहेका रामप्रसाद अधिकारीलाई चितवन प्रहरीले पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले गएराति काठमाण्डुबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us