समाचार

सरकार र चुनाव विरोधीबीचको धाक-धम्कीमा बारको ध्यान

२०७० मंसिर २ गते १०:३०

काठमाण्डु, २ मंसिर– नेपाल बार एसोसिएशनले निर्वाचन गराउन लागेको सरकार र निर्वाचन बहिष्कार गरिरहेका नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबीच एकअर्कामा सार्वजनिक रुपमै आरोप–प्रत्यारोप, चेतावनी तथा धम्की आइरहेकोमा ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक प्रेस विज्ञप्ती निकाल्दै बारले बन्दकर्ताहरुले सवारी साधनमा गरेको आगजनी तथा...

कार्टरद्वारा रेग्मीको प्रशंसा, राष्ट्रपतिसँग ‘फ्रेन्च मोडेल’को कुरो

२०७० मंसिर २ गते ९:४६

काठमाण्डु, २ मंसिर– निर्वाचन पर्यवेक्षण गर्न आइपुगेका अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले निर्वाचनका निम्ति वर्तमान सरकारले गरेको प्रयासको अन्तर्राष्ट्रिय समुदायले उच्च मूल्याङ्कन र प्रशंसा गरेको बताएका छन् । प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र उनको नेतृत्वको सरकारले निर्वाह गरेको भूमिकाको कार्टरले प्रशंसा...

मतदाता परिचयपत्र लिन अर्थमन्त्री आफै गए

२०७० मंसिर २ गते ९:१२

काठमाण्डु, २ मंसिर- अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री शङ्करप्रसाद कोइरालाले मतदाता परिचयपत्र लिएका छन् । काठमाण्डु महानगरपालिका–९ स्थित बत्तीसपुतली मतदान केन्द्रमा स्वयम् उपस्थित भई मतदाता परिचयपत्र लिएका हुन् । मन्त्री कोइरालाले आइतबार बिहान परिवारका अन्य बालिग सदस्यको परिचयपत्र लिएका हुन् । त्यस अवसरमा मन्त्री...

बन्दका बाबजुद भोट हाल्न धमाधम घर जाँदै

२०७० मंसिर २ गते ९:०६

काठमाण्डु, २ मंसिर- संविधानसभाक निर्वाचन दुई दिन मात्रै बाँकी रहँदा कामविशेषले काठमाडौँ उपत्यकामा रहेका मतदाता निर्वाचनका लागि बाहिरिने क्रम बढेको छ । निर्वाचन बहिष्कारको पक्षमा रहेको नेकपा–माओवादीसम्मिलित मोर्चाले आह्वान गरेको बन्दको कुनै प्रवाह नगरी यात्रु धमाधम गन्तव्यतर्फ जाँदैछन् । एकथरि भाडाका सवारी साधनबाट र...

निर्वाचन सफल हुनेमा सबै ढुक्कः गृहमन्त्री

२०७० मंसिर २ गते ८:५५

काठमाण्डु, २ मंसिर- गृहमन्त्री माधवप्रसाद घिमिरेले निर्वाचन आयोग र नेपाल सरकार मात्र नभई सर्वसाधारण नागरिक तथा राजनीतिक दलसमेत निर्वाचन सफलताका साथ सम्पन्न हुनेमा ढुक्क रहेको बताएका छन् । मङ्गलबार हुने संविधानसभाको निर्वाचन ऐतिहासिक सफलताका साथ सम्पन्न हुने बताउँदे उनले सरकारले सम्पूर्ण सुरक्षा बन्दोबस्ती गरिसकेकाले...

पेट्रोल पम्पमा अब पेट्रोल किन्नेको रेकर्ड राखिने

२०७० मंसिर २ गते ८:३९

चितवन, २ मंसिर– पेट्रोलियम पदार्थ गलत ठाउँमा प्रयोग भएको निष्कर्ष निकाल्दै चितवन प्रशासनले खरितकर्ताको रेकर्ड राख्नसमेत विक्रेताहरुलाई कडा निर्देशन दिएको छ । रेकर्ड नराखी बिक्री वितरण गरेको पाइए तथा खरिदकर्ताले विध्वंसात्मक कार्यमा प्रयोग गरेको पाइए त्यस्ता उपभोक्ता र बिक्रेता दुवैलाई कारबाही गर्ने चेतावनी समेत...

मोटरसाइकलमा आएर जिपमा आगो

२०७० मंसिर २ गते ८:०१

काठमाण्डु, २ मंसिर– काठमाण्डुबाट नुवाकोटतर्फ जाँदै गरेको एक जिपमा बन्दकर्ताहरुले आगो लगाइदिएका छन् । बा ५ च २९३१ नम्बरको को जिपमा मोटरसाइकलामा आएका चार जनाको समूहले आगो लगाइदिएको हो । नुवाकोटको मुड्कु नाका नजिकै ठूलो गाउँमा जिपलाई रोकेर आगो लगाइदिएका थिए । घटनामा मानवीय...

फोरम उम्मेदवारले गरे प्रचण्डलाई समर्थन

२०७० मंसिर २ गते ६:३१

सिरहा, २ मंसिर–मधेसी जनअधिकार फोरम गणतान्त्रिकका एक उम्मेदवार एमाओवादीमा प्रवेश गरेका छन् । सिरहा क्षेत्रनम्बर ५ मा प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका मधेसी जनअधिकार फोरम गणतान्त्रिकका उम्मेदवार राम अवतार महतो आफ्नो उम्मेदवारी फिर्ता लिँदै एमाओवादीमा प्रवेश गरेका हुन् । महतोले आइतबार विज्ञप्ति निकालेर सोही क्षेत्रका...

आदिनाथ मेला सम्पन्न

२०७० मंसिर २ गते ६:०३

काठमाण्डु, २ मंसिर । काठमाण्डुको दक्षिणभेग चोभारस्थित आदिनाथको मन्दिरमा करिब एक महिनादेखि सुरु भएको ‘आदिनाथ मेला’ आइतबार सम्पन्न भएको छ । असोज शुक्ल पूर्णिमामा सुरु भएको सो मेला अवधिभर करिब एकलाख भक्तजन सहभागी भई मन्दिरको दर्शन गरेको अनुमान छ । मन्दिरमा नर तथा नारीको...

बस दुर्घटनामा एकजनाको मृत्यु

२०७० मंसिर २ गते ५:१४

गौशाला, २ मंसिर–महोत्तरीको गौरीबास–२ मा आइतबार बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको डाँडीगुराँस गाविस–७ बस्ने २० वर्षीय लालसिंह योञ्जन रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । दुर्घटनामा बसमा सवार अन्य ११ जना घाइते भएका छन् । काठमाण्डुबाट...

रेग्मीले देशवासीको नाममा सम्वोधन गर्ने

२०७० मंसिर २ गते ४:५२

काठमाण्डु, २ मंसिर–अन्तरिम चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले आइतबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । चुनावमा सबै सहभागी भएर सफल पार्न आह्वान गर्दै उनले सम्वोधन गर्न लागेका हुन् । रेग्मीले चुनाव बहिस्कारको घोषणा गरेका नेकपा–माओवादी नेतृत्वको मोर्चालाई पनि निर्वाचनमा सहयोग गर्न आह्वान गर्ने...

कार्टर उच्चस्तरीय राजनीतिक भेटमा व्यस्त

२०७० मंसिर २ गते ४:५०

काठमाण्डु, २ मंसिर–संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरले आइतबार उच्चस्तरीय भेटघाट शुरु गरेका छन् । कार्टरले आइतबार विहान राष्ट्रपति रामवरण यादव, अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीसँग छुट्टा छुट्टै भेटवार्ता गरेका हुन् । रेग्मीलाई विहान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us