
काठमाण्डु, ६ पुस– एमाले नेता प्रदीप नेपालले वामदेव गौतमको निजी सचिवालय छाडेका छन् । उपप्रधान तथा गृहमन्त्री गौतमको प्रमुख सल्लाहकार भएर राजनीतिक नियुक्तिमा गएका नेता नेपालले आज सामाजिक सञ्चालमा एक वाक्यको सूचना लेखेर आफूले वामदेवलाई छाडेको सार्वजनिक गरेका हुन् ।
उनले फेसबुको एक वाक्यको सूचनामा गृहमन्त्री वामदेवको नामै नलेखी ‘उपप्रधान तथा गृहमन्त्री’ मात्रै लेखेका छन् । नेपालले फेसबुमा भनेका छन्– ुआजैदेखि लागू हुने गरी मैले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको प्रमुख सल्लाहकारबाट राजीनामा दिएको छु ।
यसअघि आफै पटकपटक मन्त्री भइसकेका र सार्वजनिक रुपमा साहित्यिक व्यक्तित्व समेत निर्माण गरेका प्रदीप नेपाल ६ महिनाअघि गृहमन्त्री वामदेवको सचिवालयको सदस्य हुन गएका थिए ।
संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यको मनोनयन नपाएपछि सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गर्दै आएका नेपालले ‘आर्थिक लाभ’लाई ध्यानमा राखी गृह मन्त्रालयमा राजनीतिक नियुक्ति लिन गएको बताइएको थियो ।
एमाले र माले विभाजन र त्यसयताका लामो राजनीतिक जीवनमा प्रदीप नेपाल वामदेव गौतमको कटु आलोचक रहँदै आएका थिए । तर, गृह मन्त्रालयमा मन्त्रीभन्दा तल्लो तहको मर्यादामा जान पनि उनी किन तयार भए होलान् भन्ने चौतर्फी चासो थियो ।
प्रदीप नेपाल केही समयदेखि मन्त्रालयभित्रको कार्यमा असन्तुष्ट रहँदै आएका थिए । कुन राजनीतिक उद्देश्यले प्रदीप नेपालले वामदेवको सल्लाहकारबाट राजीनामा दिए भन्ने कुरा सार्वजनिक भएको छैन ।