
काठमाण्डु, ६ पुस– एमालेका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले संसारभर सहमतीबाट कहिँ पनि संविधान नबनेको उल्लेख गर्दै प्रतिकार गरेर भएपनि प्रक्रियाबाटै संविधान घोषणा गरिने बताएका छन् ।
‘अब प्रक्रियाबाट संविधान बन्नु पर्छ । सहमति नभए दुई तिहाई बहुमतबाट अघि बढ्छौ’ यो एमाले बरिष्ठ नेता झलनाथ खनालले भने, ‘अवरोध गर्नेको प्रतिकार गर्छौ, मुलुकलाई झारेटाकुरे राज्य बनाउने कुरा मान्दैनौ ’, खनालले अक्रोशित हुदै भने ।
आइतवार रिपोटर्स क्लबको साक्षात्कारमा बोल्दै उनले संसारमा कतै पनि सर्वसहमतिको संविधान नबनेको उल्लेख गर्दै उनले, विवादित विषयहरुमा सहमति सम्भव नभएको बताए ।
‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता नचाहनेहरु पनि संविधानसभामा छन् । हामी सबैको सम्मान गर्छौ त्यसैले अब प्रक्रियाबाट संविधानजारी गर्नुको विकल्प छैन ।’, खनाले भने ।
एमालेले माघ ८ मा संविधानजारी गर्ने प्रतिबद्धता ब्यक्त गरेकाले आफ्नो पार्टी प्रतिबद्धताबाट एक ईन्च पनि पछि नहट्ने स्पष्ट पारे । खनालले एक महिनाभित्रै संविधानजारी गर्न सक्ने स्पष्ट पार्दै बालुवाटारमा भएको तीनदलको बैठकबाट एमाओवादी नेताहरु भागेको भन्दै एमाओवादीको १० वर्षको जनयुद्ध देखि सकिएकाले १९ दलको सडक आन्दोलनको कुरा नगर्न सुझाए ।
उनले भने–‘हामीले जनयुद्ध देख्यौं, मधेश आन्दोलन देख्यौं त्यसैले उनीहरुले यो गर्छौ, त्यो गर्छौ भनेर अब हावादारी धम्कीबाट जनता डराउने पक्षमा छैनन, त्यसबारे उनीहरुले जानेहुन्छ । यसरी उठेर हिडेर बार्ता हुन सक्दैन, सहमतिको लागि बहस गर्नुपर्छ । म अझै बार्ताको लागि आब्हान गर्छु ।’
उनले संघीयताको नाममा मधेस र पहाडलाई कुनै पनिहालतमा छुट्टयाउन नदिने भन्दै त्यस्तो दुष्प्रयासको विरुद्धमा सम्झौता नगरी आफ्नो पार्टी लड्ने चेतावनी दिए ।
‘पहाड र मधेशलाई छुट्याउने काम नगर्नुहोस, यो राष्ट्रनिर्माणको लागि नेपालीहरुको धेरै गर्दनहरु काटिए, यदि पहाड र मधेशलाई छुट्याईयो भने नेपालआमालाई काटेर दुई टुक्रा बनाए सरह हुनेछ, त्यसैले हामीलाई अमान्य छ’, खनालले भने ।
खनालले नेपालआमाको छार्ती चिरा पार्ने गरी समग्र मधेस एक प्रदेश हुनै नसक्ने ठोकुवागर्दै माघ ८ गते अघि सरकार र राष्ट्रपति परिवर्तनको कुरा नगर्न सबैलाई आग्रह गरे ।
उनले भने–‘दुई तिहाई बहुमतभएको यो नै राष्ट्रिय सरकार हो । अहिले हाम्रो ध्यान संविधानजारी गर्नेमा छ, सरकारले भ्रष्टाचार गरेको छ कि छैन अहिले हाम्रो ध्यानत्यतातिर छैन ।’