समाचार

काठमाण्डुमा सेक्स पार्टनर चाहियो ? फोन गर्नुस्

२०७१ पुष ५ गते १४:५०

काठमाण्डु, ५ पुस– के तपाईंले आफ्नो मोबाइलमा नेपाल टेलिकमले पठाएको म्यासेज हेर्नुभएको छ । शुक्रबारदेखि लगातार टेलिकमले बाँडेको प्रिपेड र पोस्टेपड मोबाइलमा अचम्मको म्यासेज आइरहेको छ । म्यासेजमा काठमाण्डु उपत्यकामा व्यवसायिक यौन सम्पर्कका लागि युवा वा युवती चाहिएमा सम्पर्क राख्न भनिएको छ । ‘काठमाण्डु...

हिसिलालाई लिएर बलात्कार पीडितको क्याम्पमा पुगे बाबुुराम

२०७१ पुष ५ गते १४:४१

काठमाण्डु, ५ पुस– एकीकृत माओवादी वरिष्ठ नेता एवम् संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराई शनिबार रक्षा नेपालको कार्यालय गई उक्त  संस्थाको संरक्षणमा रहेका यौनजन्य हिंसाका पीडित बालबालिकासँग भेट गरेका छन् । भट्टराईले केही दिनअघि सञ्चारमाध्यममा जिल्ला अदालत बैतडीले दोषी किटान गरेका अपराधीहरुलाई...

बसले मोटरसाइकललाई ठक्कर दिएपछि लागेको आगोले डढेर दुईको मृत्यु

२०७१ पुष ५ गते १३:३२

नवलपरासी, ५ पुस– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ । नारायणघाटबाट डण्डा जाँदै गरेको ना ३ ख ५७१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।...

अर्कैको पेट बोकेको भन्दै देवेन्द्रले निकाले गर्भवती श्रीमती

२०७१ पुष ५ गते १३:१८

सुनसरी, ५ पुस– अर्कैको गर्भ बोकेको भन्दै महिलालाई श्रीमानसहित परिवारका सदस्यले चरम यातना दिएर घरबाट निकालेका छन् । सुनसरी महेन्द्रनगर– २ चक्रघट्टीकी २१ वर्षीया सरु गौतम विमलीलाई श्रीमान् देवेन्द्र गौतमसहित परिवारका सदस्यले घरबाट निकालेका हुन् । सरुको पेटमा दुई महिनाको गर्भ छ । उक्त...

उपचारका लागि आउने पचहत्तर प्रतिशत बिरामी जाडोबाट प्रभावित

२०७१ पुष ५ गते १२:५६

महोत्तरी, ५ पुस–महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले उपचारका लागि आउने ७५ प्रतिशत बिरामी जाडोबाट प्रभावित रहने गरेका छन् । जिल्ला अस्पताल जलेश्वरका डा सञ्जयकुमार यादवका अनुसार यस अस्पतालमा दैनिक उपचारका लागि आउने करिब दुई सय बिरामीमध्ये ७५ प्रतिशत बिरामी जाडोबाट प्रभावित रहने गरेका हुन्छन्...

वैद्य पक्षले भन्यो, ‘एमाओवादी उम्मेदवार हराउन विप्लवले पैसा खाएका थिए’

२०७१ पुष ५ गते १२:५०

अर्घाखाँची, ५ पुस– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एउटै पार्टीमा हुँदा नेक्रविक्रम चन्द ‘विप्लव’ ले गत संविधानसभा निर्वाचनमा एमाओवादी उम्मेदवार हराउन काँग्रेस उम्मेदवारसँग पैसा लिएको आरोप लगाएको छ । वैद्य माओवादीका जिल्ला संयोजक बाबुराम घिमिरेले शनिबार पत्रकार सम्मेलन गरी विप्लव र उनी पक्षधर जिल्ला नेता...

सिडिओको गाडीले किचेर यसरी मारिइन् २२ महिनाकी बालिका

२०७१ पुष ५ गते ११:०३

दैलेख, ५ पुस– दैलेखका प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुली सवार गाडीले किचेर एक बालिकाको ज्यान गएको छ । पराजुली सवार ना १ झ ७६५८ नम्बरको गाडीले शनिबार स्थानीय अमृत मल्लकी २२ महिनाकी छोरी खुसीलाई किचेर मारेको हो । गाडी ब्याक गर्ने क्रममा चालकले बालिका...

काठमाण्डुका अधिकांश मसाज सेन्टर बेश्यालय, ग्राहकजति सेना र प्रहरी

२०७१ पुष ५ गते १०:४९

काठमाण्डु, ५ पुस– काठमाण्डुका अधिकांश मसाज सेन्टरमा यौन धन्दा हुने गरेको एक अध्ययनले औंल्याएको छ । रक्षा नेपाल नामक गैरसरकारी संस्थाले हालै गरेको अध्ययनअनुसार मसाज सेन्टरमा काम गर्ने ६०.५ प्रतिशत महिला कार्यक्षेत्रमै यौन क्रियाकलापमा लाग्ने गरेका छन् । प्रतिवेदनमा मसाज सेन्टरमा यौन सन्तुष्टिका लागि...

विप्लवलाई पक्रन प्रहरीलाई आदेश दिएका बामदेव अचानक किन पछि हटे ?

२०७१ पुष ५ गते १०:२०

काठमाण्डु, ५ पुस– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग ‘सम्बन्ध विच्छेद’ गरेर नयाँ पार्टी गठन गरेका नेक्रविक्रम चन्द ‘विप्लव’ सहति उनका नेता कार्यकर्ता प्रहरीको उच्च निगरानीमा छन् । विप्लवसहित खड्गबहादुर विक, धर्मेन्द्र बास्तोला, अनिल शर्मा, उमा भुजेल, मोहन कार्की, उदयबहादुर चलाउने, झकबहादुर मल्ल, वसन्त श्रेष्ठसहितका नेतामाथि...

चिसोले लियो छ जनाको ज्यान

२०७१ पुष ५ गते १०:०८

रौतहट, ५ पुस–रौतहट जिल्लामा चिसोका कारण तीनजनाको मृत्यु भएको छ । स्थानीय सङ्ग्रामपुर गाविसमा गएराति चिसोले कठ्याङ्ग्रिएर तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सङ्ग्रामपुर–९ बस्ने ४५ वर्षीय रामनाथ पासवान, सोही गाविस–७ का ५५ वर्षीय अनती भगत राउत र सङ्ग्रामपुर गाविस–१ कै ५० वर्षीय...

‘बिहेका लागि बाजा बजाएर मात्र के गर्नु ? दुलहा–दुलही नै नभएपछि…’

२०७१ पुष ५ गते १०:०१

काठमाण्डु, ५ पुस– एकीकृत माओवादी नेता एवम् संवैधानिक– राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले संविधान छिटो बनाउने नाममा आन्नदोलनबाट प्राप्त उपलब्धी खोस्न नहुने बताएका छन् । राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र भक्तपुर अधिवेशनको शनिबार उदघाटन गर्दै उनले माघ ८ मै संविधान जारी गर्ने...

पश्चिमा शक्तिले हिन्दू राष्ट्र घोषणा गर्न दिएनन्ः कमल थापा

२०७१ पुष ५ गते ९:२३

काठमाण्डु, ५ पुस– राष्ट्रीय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पश्चिमा राष्ट्रहरुले नेपाललाई हिन्दू राष्ट्र घोषणा हुन नदिएको भन्दै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न छाडेर तटस्थ बस्न आग्रह गरेका छन् । राप्रपा नेपालको पुस ९ गतेदेखि सुरु हुने रथ यात्राको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us