
दैलेख, ५ पुस– दैलेखका प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुली सवार गाडीले किचेर एक बालिकाको ज्यान गएको छ ।
पराजुली सवार ना १ झ ७६५८ नम्बरको गाडीले शनिबार स्थानीय अमृत मल्लकी २२ महिनाकी छोरी खुसीलाई किचेर मारेको हो । गाडी ब्याक गर्ने क्रममा चालकले बालिका नदेख्दा घटना भएको हो ।
गाडीले किचेर गम्भीर घाइते भएकी बालिकालाई प्रहरीले उपचारका लागि तत्काल जिल्ला अस्पताल पुर्याएको थियो ।
उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबीच चालक धनिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।