उपचारका लागि आउने पचहत्तर प्रतिशत बिरामी जाडोबाट प्रभावित

काठमाण्डु टुडे २०७१ पुष ५ गते १२:५६ मा प्रकाशित

महोत्तरी, ५ पुस–महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले उपचारका लागि आउने ७५ प्रतिशत बिरामी जाडोबाट प्रभावित रहने गरेका छन् ।

जिल्ला अस्पताल जलेश्वरका डा सञ्जयकुमार यादवका अनुसार यस अस्पतालमा दैनिक उपचारका लागि आउने करिब दुई सय बिरामीमध्ये ७५ प्रतिशत बिरामी जाडोबाट प्रभावित रहने गरेका हुन्छन् ।

डा यादवका अनुसार उपचारका लागि आउने दुई सय बिरामीमध्ये एक सय ५० जना बिरामी रुघाखोकी, निमोनिया, कोल्ड फिवर, टाइफाइड र झाडापखालाबाट प्रभावित रहने गरेका छन् ।

केही दिनदेखि जिल्लामा चलेको शीतलहर र चिसो हावाले जनजीवन प्रभावित भई बिरामीको सङ्ख्यामा निक्कै वृद्धि भएको छ भने बढी सङ्ख्यामा बालबालिका र वृद्धवृद्धा प्रभावित भई जिल्ला अस्पतालमा उपचारका लागि आउने गरेको डा यादवले बताए ।

त्यस्तै, जिल्लाका अन्य स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी तथा स्वास्थ्य संस्था पनि अहिले जाडोबाट प्रभावित बिरामीको चाप बढेको चिकित्सकले बताएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us