काठमाण्डुका अधिकांश मसाज सेन्टर बेश्यालय, ग्राहकजति सेना र प्रहरी

काठमाण्डु टुडे २०७१ पुष ५ गते १०:४९ मा प्रकाशित

काठमाण्डु, ५ पुmasajस– काठमाण्डुका अधिकांश मसाज सेन्टरमा यौन धन्दा हुने गरेको एक अध्ययनले औंल्याएको छ ।

रक्षा नेपाल नामक गैरसरकारी संस्थाले हालै गरेको अध्ययनअनुसार मसाज सेन्टरमा काम गर्ने ६०.५ प्रतिशत महिला कार्यक्षेत्रमै यौन क्रियाकलापमा लाग्ने गरेका छन् ।

प्रतिवेदनमा मसाज सेन्टरमा यौन सन्तुष्टिका लागि जाने अधिकांश ग्राहक सेना र प्रहरी रहेको उल्लेख छ । त्यसरी जाने सेना र प्रहरीको संख्या ९२ प्रतिशत छ ।

अध्ययनका अनुसार डान्सबार तथा मसाज पार्लरमा काम गर्नेमध्ये ४७ प्रतिशत १५ देखि २१ वर्ष उमेरका किशोरी छन् । ती सबै काठमाण्डुको प्रमुख पर्यटकीय क्षेत्र ठमेल आसपासमा बस्दै आएका छन् ।
अध्ययनका क्रममा मसाज तथा डान्सबारमा काम गर्ने ८२.५ प्रतिशतले कार्यस्थलमै यौनजन्य क्रियाकलाप हुने गरेको स्वीकार गरेका छन् ।

अध्ययनमा सहभागीले दिएको जवाफ अनुसार डान्स बार, मसाज पार्लर र क्याबिन रेष्टुरामा काम गर्नेमध्ये ५९ प्रतिशत जनजाति समुदायका किशोरी छन् ।

अनुसन्धानका लागि मसाज सेन्टर, डान्स बार र रेस्टुराँ गरी झण्डै ५ सय किशोरीसँग सोधपुछ गरिएको थियो । तीमध्ये एक प्रतिशत उच्च शिक्षा हासिल गरेका र बाँकी अधिकांश साक्षरहरु छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us