
नवलपरासी, ५ पुस– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ ।
नारायणघाटबाट डण्डा जाँदै गरेको ना ३ ख ५७१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।
दुर्घटनापछि लागेको आगलागीले दुवैजनाको शरीर डढेको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । गम्भीर घाइते दुवैको भरतपुरमा उपचारका क्रममा ज्यान गएको हो ।
उनका अनुसार घटनास्थलमा डम्बरबहादुर गाहामगरको नागरिकता फेला परेको छ । आगोले बस र मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको छ ।