समाचार

किन बनाउँदैछन् कांग्रेस–एमालेले बेग्लै संयन्त्र ?

२०७१ पुष ७ गते १:२८

काठमाण्डु, ७ पुस– कांग्रेस र एमालेले निर्धारित समयमा संविधान जारी गर्न संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको साटो संविधानसभाभित्रै सभासद्हरुको बेग्लै संयन्त्र बनाई ‘फास्ट ट्रयाक’मा मस्यौदा तयार गर्नुपर्ने प्रस्ताव राखेका छन् । एमाओवादी नेता बाबुराम भट्टराई नेतृत्वको समितिले चौथो पटकसम्म दिइएको समयसीमामा पनि विवाद...

किन अकस्मात बन्द भयो दरबारमार्गको नाङ्लो रेष्टुरेन्ट ?

२०७१ पुष ६ गते १५:५३

काठमाण्डु, ६ पुस– ३८ वर्षदेखि सञ्चालित काठमाण्डुको दरबारमार्गस्थित नाङ्लो बेकरी क्याफे तथा रेष्टुरेन्ट बन्द भएको छ । व्यवस्थापन पक्षले शनिबार सूचना टाँसेर आचनक रेष्टुरेन्ट बन्दको घोषणा गरेको हो । विज्ञप्तिमा रेष्टुरेन्ट बन्द गर्नुको कारण खुलाइएको छैन । यद्यपि दरबारमार्गमै छिट्टै नयाँ सेवा दिने सूचनामा...

फुजेल हत्या आरोपी रामप्रसाद धरौटीमा रिहा

२०७१ पुष ६ गते १५:२९

चितवन, ६ पुस– गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारी धरौटीमा रिहा भएका छन् । उनलाई चितवन जिल्ला अदालतले २७ हजार धरौटी लिएर आइतबार रिहा गरेको हो । फरार सूचीमा रहेका अधिकारीलाई चितवन प्रहरीले शनिबार काठमाण्डुको बालाजुबाट पक्राउ गरेको...

लाजिम्पाटमा सिटौलासँग कसरी झोक्किए प्रचण्ड ?

२०७१ पुष ६ गते १५:०६

काठमाण्डु, ६ पुस– काँग्रेस महामन्त्री कृष्ण सिटौलाले आइतबार साँझ एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा प्रचण्ड भेट्न सिटौला लाजिम्पाटस्थित उनको निवास पुगेका हुन् । स्रोतका अनुसार सिटौलाले प्रचण्डलाई सहमतिको सम्भावना अझै बाँकी रहेको भन्दै दलीय छलफल र...

प्रचण्डले भने, ‘के केपी ओली राजा महाराजा हो ?’

२०७१ पुष ६ गते १४:४७

काठमाण्डु, ६ पुस–एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी ओलीप्रति आक्रोश व्यक्त गरेका छन् । १९ दलीय गठबन्धनका तर्फबाट सहमतिमै संविधान जारी गर्न संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको ध्यानाकर्षण गराएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले ओलीका कारण दलीय सहमतिको सम्भावना समाप्त भएको आरोप लगाए ।...

एमाओवादी नेता शर्मा विप्लवको पार्टीमा ?

२०७१ पुष ६ गते १४:३०

काठमाण्डु, ६ पुस– एकीकृत माओवादी स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ नेक्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादीमा जाने भएका छन् । स्रोतका अनुसार चन्दसँग पार्टी विभाजनअघि र पछि गरी पटकपटक भएको छलफलपछि शर्मा चन्दलाई साथ दिने निर्णयमा पुगेका हुन् । व्यवस्थापिका–संसदअन्तर्गतको सार्वजनिक लेखा समितिका...

भट्टराईले दिए बलात्कार पीडितको संरक्षक संस्थालाई ५० हजार

२०७१ पुष ६ गते १४:२६

काठमाण्डु, ६ पुस– एमाओवादी वरिष्ठ नेता एवम् संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले बलात्कृतहरुलाई संरक्षण गर्दै आएको सामाजिक संस्था रक्षा नेपाललाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् । भट्टराईले पत्नि हिसिला यमीसहित आइतबार रक्षा नेपालमा पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्...

गुडिरहेको बसमा ११ हजार भोल्टेजको करेण्ट प्रबाह भएपछि…

२०७१ पुष ६ गते १४:१२

सिन्धुपाल्चोक, ६ मंसिर– सिन्धुपाल्चोकको बराम्चीमा हाइटेन्सन तारले यात्रु बसलाई छुँदा दुई महिलासहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा अरु ११ जना घाइते भएका छन् । काठमाण्डुबाट सिन्धुपाल्चोकको पाङ्ताङ कात्तिकेतर्फ गइरहेको बा २ ख २७०२ नम्बरको बसमा आइतबार ११ हजार भोल्टको बिजुली प्रवाह भइरहेको...

आतंकवादी धम्कीबाट नतर्सन प्रधानमन्त्रीलाई मालेको आग्रह

२०७१ पुष ६ गते १३:५९

काठमाण्डु, ६ मंसिर– नेकपा मालेले आतंकवादी क्रियाकलापमा संलग्न आफ्ना कार्यकर्ता रिहाइका लागि लण्डनबाट सञ्चालित धार्मिक संस्था ‘कल्की अवतार फाउण्डेशन’ का प्रमुखले प्रधानमन्त्री सुशील कोइरालालाई भिडियो सन्देशमार्फत धम्की दिएको विषयमा आपत्ति जनाएको छ । माले पोलिट्ब्युरो बैठकले अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका ५...

बैंककै कर्मचारी नक्कली शेयर कारोबारमा

२०७१ पुष ६ गते १३:४१

काठमाण्डु, ६ कात्तिक– ज्योति बिकास बैंकका कर्मचारीले नक्कली शेयरधनी खडा गरी शेयर कारोबार गर्दै आएको खुलासा भएको छ । ज्योती विकास बैंक कमलादी शाखामा कार्यरत र्मचारीले नक्कली शेयर धनीको कागजपत्र मिलाएर कारोबार गर्ने गरेको खुलेको हो । खेतालाका रुपमा अरुको शेयको कारोबार गर्ने बैंकका...

सत्यार्थीले भने– ‘बुद्ध जन्मेको देश मेरो दोस्रो घर हो’

२०७१ पुष ६ गते १२:५६

काठमाण्डु, ६ पुस–भारतका नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीले गौतम बुद्ध जन्मेको तथा पशुपतिनाथ रहेको नेपाल आफ्नो दोस्रो घर भएको बताएका छन् । उनले यहाँका गरिब शिक्षाबाट बञ्चित रहेका बालबालिकाको कल्याणका लागि आफूले कार्य गर्ने समेत बताए । रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा उनले नेपालको...

मिनेन्द्रले भने– अब दुई घण्टामै सहमति !

२०७१ पुष ६ गते १२:०९

काठमाण्डु, ६ पुस– सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले संविधानका मुख्य अन्तरवस्तुमा दलहरुले चाहेमा दुई घण्टामै सहमति हुने बताएका छन् । ट्रेकिङ् एजेन्सिज् एसोसिएसन अफ नेपालको ३६ औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री रिजालले भने, ‘संविधानको बढी विवादित विषय सङ्घीय प्रदेशको बाडफाँडको धेरै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us