समाचार

मतदान गर्न आउने बढे

२०७० मंसिर ३ गते २:०२

सिलगढी, ३ मंसिर–डोटीको काडामाडौं–९ चैकोटका बहादुरे विक भारतको महाराष्ट्रबाट मतदान गर्न घर आएका छन् । उनीमात्रै होइन जिल्लाका विभिन्न ग्रामीण बस्तीबाट कामको खोजीमा भारत गएका युवा घर फर्किसकेका छन् । देशमा बढ्दै गएको संविधानसभाको वातावरणलाई हेरेर मतदान गर्न मात्र घर आएको सिमचौरका नागेन्द्र बमले...

प्रहरी महानिरीक्षकले तोके ११ बुँदे प्राथमिकता

२०७० मंसिर २ गते १८:१२

काठमाण्डु,२ मङ्सिर–गृह मन्त्रालयका सचिव जनार्दन नेपालले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई महानिरीक्षक पदको दज्र्यानी चिह्न लगाइदिएका छन । गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा सचिव नेपालले महानिरीक्षक अर्याललाई दज्र्यानी चिह्न लगाइ दिएका हुन । सो समारोहलाई सम्बोधन गर्दै सचिव नेपालले संविधानसभाको निर्वाचनको सुरक्षामा अग्रपङ्तिमा...

निर्धक्क मतदान गर्न रेग्मीको आह्वान (सम्बोधनको पूर्ण पाठ)

२०७० मंसिर २ गते १७:४७

काठमाण्डु, २ मंसिर– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आम जनतामा निर्धक्क भएर संविधानसभाको निर्वाचनमा मतदान गर्न आह्वान गरेका छन् । उनले विशेष सुरक्षा रणनीतिमार्फत सुरक्षा व्यवस्थालाई मजबुद र जनमैत्रै बनाएकोले आफूले रोजेको दल तथा उम्मेदवारलाई निर्धक्क भएर मतदान गर्न आह्वान गरेका हुन् । आइतबार साँझ...

एमाओवादी नेता दाहालमाथि आक्रमण, चितवनमा निषेधाज्ञा

२०७० मंसिर २ गते १४:५७

चितवन, २ मंसिर–एमाओवादीका कार्यकर्तालाई एमाले युथफोर्सका कार्यकर्ताहरुले आक्रमण गरेपछि उत्पन्न असहज परिस्थितिलाई नियन्त्रणमा लिन चितवनको भरतपुरमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । नेकपा एमाले कार्यालय रहेको भरतपुर आसपासको क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो । स्थानीय प्रशासनले कसैलाई पनि घरबाट बाहिर ननिस्कन निर्देशन...

छुरी प्रहार गर्ने एमाले युवाविरुद्ध प्रहरीमा उजुरी

२०७० मंसिर २ गते १४:५६

सङ्खुवासभा, २ मङ्सिर– छुरी प्रहार गरेको अभियोगमा नेकपा (एमाले)का ४ जना युवालाई कारबाही गर्नुपर्ने भन्दै नेपाली काँग्रेस सम्बद्ध पीडित पक्षले इलाका प्रहरी कार्यलय चैनपुरमा उजुरी दिएका छन् । नेपाली काँग्रेसका जीवन लिम्बू र मनबहादुर लिम्बूलाई छुरा प्रहार गर्ने एमालेको भ्रातृ सङ्गठन युवा संघका सदस्यहरू...

एमालेद्वारा ध्यानाकर्षण, एमाओवादीद्वारा काँग्रेसमाथि जाहेरी

२०७० मंसिर २ गते १४:३३

काठमाण्डु, २ मंसिर– एमालेको एक प्रतिनिधिमण्डलले आइतबार प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसँग भेटी निर्वाचनको मौन अवधि सुरु भएपछि पनि आचारसंहिता र निर्वाचन कसुर र सजाय ऐनविपरीत विभिन्न कार्य भएको भन्दै उजुरी गरेको छ । एमालेका सचिव युवराज ज्ञवाली र निर्वाचन विभागका प्रमुख अग्नि खरेलले...

सीमा नाकाहरुमा सिल, मदिरामा रोक

२०७० मंसिर २ गते १४:०९

काठमाण्डु, २ मंसिर– निर्वाचन सुरक्षालाई ध्यान दिइदैं देशका अधिकांश सीमा नाकाहरु आइतबारबाट सिल गरिएको छ । उत्तरमा चीन र दक्षिणमा भारतका जाने सीमा नाकाहरुलाइ स्थानीय प्रशासनहरुले सिल गरेका हुन् । यसअघि पनि तीब्बतसँग जोडिएका रसुवाको नाका र तातोपानी नाका बन्द गरिसकेको थियो । त्यस्ते...

आइतबार कहाँ-कहाँ विष्फोट ?

२०७० मंसिर २ गते १३:४३

काठमाण्डु, २ मंसिर– संविधानसभाको निर्वाचनका दुई दिनअघि आइतबार देशका केही स्थानहरुमा बम प्रहार तथा शंकास्पद वस्तु भेटिएको छ । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले निर्वाचन बहिष्कार गर्दै बिथोल्ने घोषणा गरेको अवस्थामा निर्वाचनको पूर्वसन्ध्यामा बम प्रहार हुने तथा शंकास्पद वस्तुहरु भेटिने क्रम जारी छ ।...

खोकनामा प्रहरी र स्थानीयबीच हानाहान

२०७० मंसिर २ गते ११:५२

ललितपुर, २ मंसिर– ललितपुरको खोकनामा स्थानीय र प्रहरीबीच विवाद हुँदा झडप भएको छ । झडपमा पाँच प्रहारी सहित केही घाइते भएका छन् । घाइतेहरुको ललितपुरकै बालकुमारीस्थित बी एण्ड बी र जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ । मतदाता परिचयपत्र वितरण भइरहँदा स्थानीय एक व्यक्तिले...

आफूहरुलाई आतंककारी बनाउन खोजेकोमा वैद्यको आपत्ति

२०७० मंसिर २ गते ११:३४

काठमाण्डु, २ मंसिर– चुनाव बहिष्कार गर्दै बिथोल्ने घोषणा गरेका नेकपा–माओवादीले आफूहरुलाई आतंककारीको रुपमा परिभाषित गर्न खोजेको भन्दै आपत्ति जनाएको छ । माओवादी अध्यक्ष मोहन वैद्यले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै राज्य शक्तिको दुरुपयोग गर्दै चक्काजामको अवज्ञा गरिएकोले कतिपय दुःखद घटना भएकोमा दुःखित बनाएको...

नेकपा-माओवादीका दुई कार्यकर्ता पक्राउ

२०७० मंसिर २ गते ११:०१

सप्तरी, २ मंसिर– निर्वाचन हुन दुई दिन मात्र बाँकी रहँदा सप्तरीको हनुमाननगरबाट प्रहरीले आइतबार मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका दुई कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । हनुमाननगर बजारमा घुमिरहेका बेला प्रहरीले नेकपा–माओवादी सप्तरी क्षेत्र नम्बर २ का एरिया इञ्चार्ज बच्चेलाल सरदार र नेकपा–माओवादी निकट दलित राष्ट्रिय...

सरकार र चुनाव विरोधीबीचको धाक-धम्कीमा बारको ध्यान

२०७० मंसिर २ गते १०:३०

काठमाण्डु, २ मंसिर– नेपाल बार एसोसिएशनले निर्वाचन गराउन लागेको सरकार र निर्वाचन बहिष्कार गरिरहेका नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबीच एकअर्कामा सार्वजनिक रुपमै आरोप–प्रत्यारोप, चेतावनी तथा धम्की आइरहेकोमा ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक प्रेस विज्ञप्ती निकाल्दै बारले बन्दकर्ताहरुले सवारी साधनमा गरेको आगजनी तथा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us