मिनेन्द्रले भने– अब दुई घण्टामै सहमति !

काठमाण्डु टुडे २०७१ पुष ६ गते १२:०९ मा प्रकाशित

काठमाण्डु, ६ पुस– सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले संविधानका मुख्य अन्तरवस्तुमा दलहरुले चाहेमा दुई घण्टामै सहमति हुने बताएका छन् ।

f9144a484323f422a8710eceb7419aa8

ट्रेकिङ् एजेन्सिज् एसोसिएसन अफ नेपालको ३६ औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री रिजालले भने, ‘संविधानको बढी विवादित विषय सङ्घीय प्रदेशको बाडफाँडको धेरै टुङ्गो लागिसकेको छ, अब केही प्रदेशको मात्र कुरा मिल्न बाँकी छ, र त्यो अन्तिम रेखाङ्कन पनि हुनेहैन, शासकीय स्वरुपमा पनि बाहिर जतिसुकै कुरा गरेपनिभित्र सबै कुरा मिलिसकेको छ, दलले आफ्नो हठ त्यागेर अघि बढ्न चाहेमा दुई घण्टामै सहमति हुन्छ ।’

सञ्चारमन्त्री रिजालले मुलुकका सबैखाले परिवर्तनलाई संस्थागत गर्न निर्धारित समयमै संविधान जारी गर्नुको विकल्प नरहेको बताए ।

अहिले बढ्दो वैदेशिक लगानीले आर्थिक विकासको सम्भावना बढेकाले यसलाई सार्थक तुल्याउन दलहरु जिम्मेवार हुनुपर्ने भन्दै उनले अगाडि थपे, ‘अन्य पार्टीको चित्त बुझाउन नसके आफूले अर्को पार्टीका लागि केही कुरा छोडेर भएपनि संविधान बनाउन जरुरी छ ।’ रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us