बैंककै कर्मचारी नक्कली शेयर कारोबारमा

काठमाण्डु टुडे २०७१ पुष ६ गते १३:४१ मा प्रकाशित

Jyoti-Bikash-Bankकाठमाण्डु, ६ कात्तिक– ज्योति बिकास बैंकका कर्मचारीले नक्कली शेयरधनी खडा गरी शेयर कारोबार गर्दै आएको खुलासा भएको छ ।
ज्योती विकास बैंक कमलादी शाखामा कार्यरत र्मचारीले नक्कली शेयर धनीको कागजपत्र मिलाएर कारोबार गर्ने गरेको खुलेको हो ।
खेतालाका रुपमा अरुको शेयको कारोबार गर्ने बैंकका ७ कर्मचारी पक्राउ परेपछि उक्त रहस्य खुलेको हो ।
चिलिमे हाइड्रोको शेयरहरु बिक्री गर्न लागी रसुवाबाट सम्बन्धित व्यक्तिको नागरिकता लगायतका कागजात सकंलन गरी उक्त कागजातका आधारमा ज्योति विकास बैंकका कर्मचारीको मिलेमतोमा सम्बन्धित व्यक्तिको अनुपस्थितिमा नक्कली सही छाप गरी अर्कैको नामको शेयर बिक्री वितरण गर्ने र एकाउन्ट पेइङ चेकलाई नक्कली कागजात तयार गरी खोलेको खातामा जम्मा गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
पक्राउ पर्नेमा रसुवा हाकु– २  का  दिनेश तामाङ तथा बैंक कर्मचारीहरु सिरहा विष्णुपुरकट्टि– ५ की सुमित्रा लम्साल, ललितपुर– ८ की अनिता महर्जन, बर्दिवास–७ का नोचननिधि दाहाल, रौतहट लदिमानियाकी विनिता उप्रेतीलगायत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us