सत्यार्थीले भने– ‘बुद्ध जन्मेको देश मेरो दोस्रो घर हो’

काठमाण्डु टुडे २०७१ पुष ६ गते १२:५६ मा प्रकाशित

काठमाण्डु, ६ पुस–भारतका नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीले गौतम बुद्ध जन्मेको तथा पशुपतिनाथ रहेको नेपाल आफ्नो दोस्रो घर भएको बताएका छन् । उनले यहाँका गरिब शिक्षाबाट बञ्चित रहेका बालबालिकाको कल्याणका लागि आफूले कार्य गर्ने समेत बताए ।

index
रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा उनले नेपालको राजनीतिक स्थायित्व तथा विकासका लागि संविधान चाँडो जारी गर्नुपर्ने धारणा राखे ।

सत्यार्थीले बालबालिकाको अधिकार संरक्षण हुने संविधान आउनु पर्नेमा जोड दिए ।
सो अवसरमा क्लबका अध्यक्ष ऋषि धमलाले उनलाई सम्मान व्यक्त गर्दै अन्तर्राष्ट्रिय शान्ति पुरस्कार विजेता सत्यार्थीको आदर्श तथा सरल जीवनशैलीले समाजसेवामा लाग्नेका लागि प्रेरणा प्रदान गर्ने बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us