गुडिरहेको बसमा ११ हजार भोल्टेजको करेण्ट प्रबाह भएपछि…

काठमाण्डु टुडे २०७१ पुष ६ गते १४:१२ मा प्रकाशित

सिन्धुपाल्चोक, ६ मंसिर– सिन्धुपाल्चोकको बराम्चीमा हाइटेन्सन तारले यात्रु बसलाई छुँदा दुई महिलासहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ ।
घटनामा अरु ११ जना घाइते भएका छन् । काठमाण्डुबाट सिन्धुपाल्चोकको पाङ्ताङ कात्तिकेतर्फ गइरहेको बा २ ख २७०२ नम्बरको बसमा आइतबार ११ हजार भोल्टको बिजुली प्रवाह भइरहेको तारले छोएको हो ।

तारले छतमा छुँदा बसमा करेन्ट प्रवाह भई घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

मृत्यु हुनेमा  बतासे–३ की ७० वर्षीया मनमाया भुजेल, पाङ्ताङ– ८ की ४५ वर्षीया सर्किनी तामाङ, गोल्चे– ४ का ४० वर्षीय रेखबहादुर स्याङ्बो र गुम्बा– ६ का ३० वर्षीय कामी भनिने विकास तामाङ छन् ।

घाइतेलाई थप उपचारका लागि काठमाण्डु पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us