भट्टराईले दिए बलात्कार पीडितको संरक्षक संस्थालाई ५० हजार

काठमाण्डु टुडे २०७१ पुष ६ गते १४:२६ मा प्रकाशित

brb sahayogकाठमाण्डु, ६ पुस– एमाओवादी वरिष्ठ नेता एवम् संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले बलात्कृतहरुलाई संरक्षण गर्दै आएको सामाजिक संस्था रक्षा नेपाललाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

भट्टराईले पत्नि हिसिला यमीसहित आइतबार रक्षा नेपालमा पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । भट्टराईले रक्षा नेपालले गरेको कामको प्रशंसा गरेका थिए ।
रक्षा नेपालले यौनजन्य हिंसा एवम् बलात्कार पीडितलाई संरक्षण प्रदान गर्नुका साथै  कानुनी उपचारमा सघाउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us