
काठमाण्डु, ७ पुस– कांग्रेस र एमालेले निर्धारित समयमा संविधान जारी गर्न संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको साटो संविधानसभाभित्रै सभासद्हरुको बेग्लै संयन्त्र बनाई ‘फास्ट ट्रयाक’मा मस्यौदा तयार गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
एमाओवादी नेता बाबुराम भट्टराई नेतृत्वको समितिले चौथो पटकसम्म दिइएको समयसीमामा पनि विवाद मिलाउन नसकेपछि फेरि उक्त समितिमा पठाउननु औचित्यपूर्ण नहुने भन्दै ठूला दुई पार्टीले संविधानसभाभित्रै चूत संयन्त्रको प्रस्ताव गरेका हुन् ।
दुई दलले शीर्ष वार्ता बहिस्कार गरेर एमाओवादी नेताहरुले गैरजिम्मेवारी प्रदर्शन गरेको र यसले जनताको मतको अपमान गरेको टिप्पणी गरे ।
‘हामीले आफ्नो तर्फबाट प्रस्ताव राख्यौं । त्यसको विकल्पमा मिल्ने प्रस्ताव ल्याउँने कि बैठकनै बस्दैनौ भनेर भाग्ने ?’ एमाओवादीले जानीजानी समय लम्ब्याउन खोजेको दावी गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, अब विवाद संविधानसभाभित्रै प्रक्रियाबाट टुंग्याउनु पर्छ । त्यसका लागि सभासद्हरुको चुस्त संयन्त्र बनाइनुपर्छ ।’
कान्तिपुर दैनिकबाट