समाचार

आगोमा जलेर एक महिने शिशुसहित दुईजनाको मृत्यु

२०७० मंसिर ३ गते ५:३९

धनगढी, ३ मंसिर–कैलालीको नारायणपुरमा सोमबार विहान आगोमा जलेर एक महिने शिशुसहित दुईजनाको मृत्यु भएको छ । नारायणपुर गाविस १ भगवानपुरमा घरमा आगो लाग्दा १९ बर्षीया जानकी चौधरी र उनकी एक महिने छोरीको जलेर मृत्यु भएको हो । घरधनी शंकर चौधरी घाइते भएका छन् ।...

प्रचण्डलाई समर्थन गर्दै तीनजनाको उम्मेदवारी फिर्ता

२०७० मंसिर ३ गते ५:२७

सिरहा, ३ मंसिर–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिरहा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका बिभिन्न दलका नेताहरुले समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका राम औतार महतो, जनता दल युनाइटेडका जगदिश कुमार सिंह र लोकतान्त्रिक जनता पार्टी...

‘एमाओवादीबाट विस्फोट र आगजनी’

२०७० मंसिर ३ गते ५:१४

चितवन, ३ मंसिर–नेकपा एमाले चितवन जिल्ला कार्यालय र प्रचारका लागि खुलेका कार्यालयमा आइतबार एकीकृत नेकपा माओवादीले बम विस्फोट एवम् आगजनी गरेको एमालेले आरोप लगाएको छ । एमाले जिल्ला पार्टी कार्यालय भरतपुरमा दुई र भरतपुर नगरपालिका वडा नं. ११ को प्रचार कार्यालयमा एउटा पेट्रोल बम...

सशस्त्रका नाइकेलाई प्रहरीले सार्बजनिक गर्दै

२०७० मंसिर ३ गते ४:५६

काठमाण्डु, ३ मंसिर–भूमिगतरुपमा सशस्त्र गतिविधि सन्चालन गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चाका प्रमुख रन्जित झालाई प्रहरीले सोमबार सार्बजनिक गर्दै छ । उनलाई दुई दिनअघि प्रहरीले नेपाल भारत सीमाबाट पक्राउ गरेको थियो । राजन भनिने रन्जित झालाई केन्द्रीय अनुसन्धान व्यूरोले पत्रकार सम्मेलन गरी सार्बजनिक गर्न...

काँग्रेस–एमाले झडप, ६ जना घाइते

२०७० मंसिर ३ गते ३:५०

इलाम, ३ मंसिर– इलामको नाम्सालिङमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप हुँदा ६ जना घाइते भएका छन् । साँझ गाडिलाई साइड नदिएको विषयमा विवाद बढ्दै गएर आइतबार मध्यरात झडप भएको हो । दुबै तर्फका तीन–तीन जना घाइते भएको प्रहरीले जनाएको छ । काँग्रेस...

नेविसंघ अध्यक्षको परिवारमाथि आक्रमण

२०७० मंसिर ३ गते ३:४१

बाग्लुङ, ३ मंसिर– अज्ञात समूहले नेबिसंघ बाग्लुङ जिल्ला अध्यक्ष हरिहर शर्मामाथि आक्रमण गरेको छ । आक्रमणबाट शर्मासहित उनको परिवारका पाँचजना सदस्य घाइते भएका छन् । बाग्लुङको जैदी गाविसस्थित शर्माको घरमा आइतबार राती १० बजे छिरेको एक समूहले शर्मा, उनको बुवा–आमा, भाई र बहिनीलाई आक्रमण...

वैद्य माओवादी बनेपा नगर इन्चार्ज पक्राउ

२०७० मंसिर ३ गते ३:२५

काभ्रे, ३ मंसिर– नेकपा–माओवादीको बनेपा नगर इन्चार्ज सौरभ कायस्थलाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा कायस्थलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार राति उनलाई प्रहरीले नियन्त्रणमा लिएको पारिवारिक स्रोतले जनाएको छ । निर्वाचन बिथोल्ने उद्देश्यले भैरहेका गतिविधि नियन्त्रणकालागि प्रहरीले सुरक्षा...

आगलागी हुँदा नौं घर नष्ट

२०७० मंसिर ३ गते २:५८

दमक, ३ मंसिर–झापाको दमक–५ स्थित दुम्सेको नयाँ बस्तीमा सोमबार विहान आगलागी हुँदा नौं घर जलेर नष्ट भएका छन् । सुकुम्बासी बस्तीमा विद्युत् सर्ट भई आगलागी भएको हो । आगलागीबाट अन्नपात, लत्ताकपडा तथा अन्य सरसामान सबै जलेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । आगलागीबाट...

जताततै बम, निष्कृय पार्न सुरक्षाकर्मी सफल

२०७० मंसिर ३ गते २:१२

काठमाण्डु,  ३ मंसिर–दाङको तुलसीपुरमा रहको अञ्चल प्रहरी कार्यालय नजिक सोमबार बिहान सुतली बम विस्फोट भएको छ । विस्फोटबाट मानवीय क्षेती नभएको प्रहरीले जनाएको छ । मतदान केन्द्रलाई लक्षित गरी विस्फोट भएको हो । यसैगरी नुवाकोटको कुमरी ९ मा सिलिण्डर बम, चौघडा ३ मा तुप्चे...

मतदान गर्न आउने बढे

२०७० मंसिर ३ गते २:०२

सिलगढी, ३ मंसिर–डोटीको काडामाडौं–९ चैकोटका बहादुरे विक भारतको महाराष्ट्रबाट मतदान गर्न घर आएका छन् । उनीमात्रै होइन जिल्लाका विभिन्न ग्रामीण बस्तीबाट कामको खोजीमा भारत गएका युवा घर फर्किसकेका छन् । देशमा बढ्दै गएको संविधानसभाको वातावरणलाई हेरेर मतदान गर्न मात्र घर आएको सिमचौरका नागेन्द्र बमले...

प्रहरी महानिरीक्षकले तोके ११ बुँदे प्राथमिकता

२०७० मंसिर २ गते १८:१२

काठमाण्डु,२ मङ्सिर–गृह मन्त्रालयका सचिव जनार्दन नेपालले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई महानिरीक्षक पदको दज्र्यानी चिह्न लगाइदिएका छन । गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा सचिव नेपालले महानिरीक्षक अर्याललाई दज्र्यानी चिह्न लगाइ दिएका हुन । सो समारोहलाई सम्बोधन गर्दै सचिव नेपालले संविधानसभाको निर्वाचनको सुरक्षामा अग्रपङ्तिमा...

निर्धक्क मतदान गर्न रेग्मीको आह्वान (सम्बोधनको पूर्ण पाठ)

२०७० मंसिर २ गते १७:४७

काठमाण्डु, २ मंसिर– मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आम जनतामा निर्धक्क भएर संविधानसभाको निर्वाचनमा मतदान गर्न आह्वान गरेका छन् । उनले विशेष सुरक्षा रणनीतिमार्फत सुरक्षा व्यवस्थालाई मजबुद र जनमैत्रै बनाएकोले आफूले रोजेको दल तथा उम्मेदवारलाई निर्धक्क भएर मतदान गर्न आह्वान गरेका हुन् । आइतबार साँझ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us