समाचार

आयोजना छनोट नै असफलताको मुख्य कारण होः सांसदहरु

२०७१ पुष ७ गते ११:५९

काठमाण्डु ७ पुस–सांसदहरुले मुलुकमा निर्माणाधीन ठूला आयोजना असफलता र ढिलासुस्ती एवम् बजेटमा वृद्धिको मुख्य कारण आयोजना छनौटमै कमजोरी रहेको औँल्याएका छन् । व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिको समन्वयमा कृषि तथा जलस्रोत समिति र अर्थ समितिको आज सिंहदरबारमा भएको संयुक्त बैठकमा सांसदहरुले विकास आयोजना निर्धारित समयअनुसार कार्यान्वयन...

जहाँ आगो तापेर रात काटिन्छ…

२०७१ पुष ७ गते १०:३५

म्याग्दी, ७ पुस–पुस महिनाको सुरुवातसँगै भएको हिमपात र बढेको चिसोका कारण म्याग्दी जिल्लाको विभिन्न क्षेत्रमा बसोवास गर्ने विपन्न परिवार दाउरा बालेर आगो ताप्दै रात कटाउन विवश बनेका छन् । भकिम्ली गाविस ९ लहरेनी र बेनी नगरपालिका ४ बगरफाँटका दलित र विपन्न परिवार दाउरा बालेर...

युवती बेच्न लैजाने युवक जेल चलान

२०७१ पुष ७ गते १०:०२

महोत्तरी, ७ पुस–महोत्तरीको सीमानाका युवती बेच्न भारत लैजाने क्रममा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि जेल चलान गरेको छ । जेल चलान हुने महोत्तरीको नैन्ही २ बस्ने बुच्ची झाका २२ वर्षीय छोरा प्रदीप झा हुन् । मङ्सिर ११ गते काठमाण्डु घर...

१४ जनाको ज्यान लिने नक्कली ड्राइभर थुनिए

२०७१ पुष ७ गते ९:३५

काठमाण्डु, ७ पुस– नक्कली ड्राइभिङ लाइसेन्स लिएर गाडी हाँक्ने व्यक्ति थुनामा परेका छन् । नुवाकोटका आइतराम तामाङले चलाएको बस बेलकोट ४ आरुबोट भिरमा कात्तिक ७ गते खसेको थियो । तामाङलाई जिल्ला अदालत नुवाकोटले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । दुर्घटनामा १४ जनाको...

यात्रु कोचेर राख्न छाड्दैछन् सुर्खेतका सवारीसाधन

२०७१ पुष ७ गते ९:१३

सुर्खेत, ७ पुस–सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्न नपाइने नियम सुर्खेत जिल्लामा कार्यान्वयन हुन थालेको छ । यसअघि गाडीको छतमा समेत यात्रु कोचेर चल्ने गाडीले आजभोलि छतमा यात्रु बोक्न छाडेका छन् । जिल्लाबाट बाहिरिने र जिल्लामा भित्रिने गाडीले क्षमताभन्दा बढी यात्रु राख्न, छतमा चढाउन र...

हात्ती आतङ्कले एक घाइते, तीन घरमा क्षति

२०७१ पुष ७ गते ७:५७

विराटनगर, ७ पुस–मोरङमा सोमबार बिहान जङ्गली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन् भने हात्तीले तीनवटा घरसमेत भत्काएको छ । पथरी ८ स्थित भुटानी शरणार्थी शिविरमा पसेका हात्तीको समूहले ३० वर्षीया बुनुमाया सुवेदीलाई घाइते बनाएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सोही...

सत्तापक्षीय विद्यार्थी पनि सरकारको विरोधमा

२०७१ पुष ७ गते ७:५७

काठमाण्डु, ६ पुस– सत्तापक्षीय दल निकट विद्यार्थी संगठनहरु पनि सोमबार सरकारकै विरोधमा देखिए । प्रतिपक्षी विद्यार्थी संगठनहरुसँग बागबजारमा सोमबार बसेको संयुक्त बैठकमा सरकारले पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार अनुरुप समायोजन नगरेको भन्दै सरकारमा सहभागी दल निकट विद्यार्थी संगठन पनि सरकारको विरोधमा उत्रेका हुन् ।...

विष्णुपादुका श्राद्ध तीर्थस्थलमा श्रद्धालुको घुइँचो

२०७१ पुष ७ गते ७:१४

इटहरी, ७ पुस–प्राचीन तथा पौराणिक धार्मिक श्राद्ध तीर्थस्थल विष्णुपादुकामा पौषे आँैसीका अवसरमा हजाराँै श्रद्धालुले घुइचो लागेको छ । आफ्नो पितृको मोक्ष प्राप्तिको कामना गर्दै श्राद्ध गर्नेहरुको यसरी घुइचो लागेको हो । आफ्ना मातापिता वा पुर्खाको स्वर्गवासको कामनासहित कोका नदीमा पवित्र मनले स्नान गरी शुद्ध...

राष्ट्रिय भेला गर्ने ठाउँ खोज्दैछ वैद्य माओवादी

२०७१ पुष ७ गते ७:०७

काठमाण्डु, ६ पुस– सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बन्ध विच्छेद गरी नयाँ पार्टी गठन गरेपछि अन्यौलमा फसेको नेकपा–माओवादीले पुस ११ देखि राष्ट्रिय भेलाको तयारी गरेको छ । तर, भेलाका लागि उसले अहिलेसम्म ठाउँ तय गर्न सकेको छैन । अढाई वर्षअघि एकीकृत नेकपा माओवादीलाई ‘नवसंशोधनवादी’ भन्दै...

खोलाको पानी खान बाध्य खुङ्गाका पाँचसय घरधुरी

२०७१ पुष ७ गते ७:०५

बागलुङ, ७ पुस–जिल्लाको दुर्गम खुङ्गा गाविसमा खानेपानीको अभाव भएपछि यहाँका स्थानीयबासी समस्यामा परेका छन् । भएका आयोजना पनि जीर्ण भएपछि खानेपानीका लागि घन्टौँ लगाएर खोला धाउनु पर्ने बाध्यता रहेको छ । त्यहाँका छ वडाका बासिन्दा खानेपानीको अभाव झेल्न बाध्य रहेको स्थानीय अगुवा गणेश थापाले जानकारी...

संविधानसभा भवनमा तालाबन्दी

२०७१ पुष ७ गते ७:०४

काठमाण्डु, ७ पुस–अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरुले संसद् सचिवालयका कर्मचारीसरह सुविधा पाउनुपर्ने मागको सुनुवाइ नभएको भन्दैसोमबार संविधानसभा भवनमा तालाबन्दी गरेका छन् । संविधानसभाको सोमबारको एक बजेका लागि निर्धारित बैठक सम्मेलन केन्द्रका कर्मचारीहरुको तालाबन्दीका कारण अहिलेसम्म सञ्चालन हुन सकेको छैन । सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रका कर्मचारीका...

चितवनमा पहिलो पटक गरियो मुटुको सफल शल्यक्रिया

२०७१ पुष ७ गते ६:०६

चितवन, ७ पुस–कलेज अफ मेडिकल साइन्सेस भरतपुर चितवनले राजधानी बाहिर पहिलोपटक मुटुको सफल शल्यक्रिया गरेको छ । राजधानी बाहिर नै पहिलो पटक मेडिकल कलेजले मुटुको सफल शल्यक्रिया गरेको कलेजका निर्देशक डाक्टर भि.नटराजप्रसादले बताए । बारा कलैयाका ३५ वर्षीय सत्यनारायण रामको मुटुमा परेको प्वालको ओपन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us