
काठमाण्डु, ७ पुस–अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरुले संसद् सचिवालयका कर्मचारीसरह सुविधा पाउनुपर्ने मागको सुनुवाइ नभएको भन्दैसोमबार संविधानसभा भवनमा तालाबन्दी गरेका छन् ।
संविधानसभाको सोमबारको एक बजेका लागि निर्धारित बैठक सम्मेलन केन्द्रका कर्मचारीहरुको तालाबन्दीका कारण अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।
सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रका कर्मचारीका माग सम्बोधन गर्न ११ महिनादेखि सम्बन्धित निकायले आलटाल गरेको गुनासो गर्दै माग पूरा नभएसम्म आन्दोलित कर्मचारीहरुले ताला नखोल्ने स्पष्ट गरेका छन् ।
समस्या समाधानका निम्ति संविधानसभाका अध्यक्षको सिंहदरबारस्थित कार्यकक्षमा वार्ता भइरहेको छ । रासस