समाचार

काँग्रेस–एमालेविरुद्ध प्रतिकारमा उत्रन प्रचण्डको कार्यकर्तालाई निर्देशन

२०७१ पुष ८ गते ५:४२

काठमाण्डु, ८ पुस– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणितीय दम्भ देखाएर काँग्रेस–एमालेले मुलुकलाई जबर्जस्ती द्वन्द्वमा धकेल्न खोजेको भन्दै प्रतिकारमा उत्रन कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी सम्वद्ध अखिल क्रान्तिकारीको काठमाण्डु उपत्यकाभित्रका क्याम्पस इकाई अध्यक्षहरुसँग आफ्नै निवास लाजिम्पाटमा मंगलबार उनले प्रतिकारमा उत्रन चेतावनी...

पर्सामा अझै असी हजार नागरिक निरक्षर !

२०७१ पुष ८ गते ५:२९

पर्सा, ८ पुस–पर्सामा अझै पनि करिब ८० हजार नागरिक निरक्षर रहेको एक तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला शिक्षा कार्यालय पर्साको समन्वयमा र अनौपचारिक सेवा केन्द्र सानोठिमी भक्तपुरले सोमबार वीरगन्जमा आयोजना गरेको साक्षर नेपालको विशेष अन्तरक्रियात्मक कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । कार्यक्रममा...

एकैसाथ देखापर्यो विद्यार्थीमा रुने, कराउने र उफ्रने समस्या

२०७१ पुष ८ गते ५:१८

नवलपरासी, ८ पुस–नवलपरासीको तम्सरियामा रहेको लोक सेवा उच्चमावि वसन्तपुरमा अध्ययनरत १० विद्यार्थी एकै साथ बिरामी भएका छन् । विद्यार्थीमा रुने, कराउने, उफ्रने समस्या देखिएका छन् । सुरुमा केही विद्यार्थीमा देखिएको समस्या केही समयपछि अन्य विद्यार्थीमा समेत देखापरेको छ । यस्तो समस्या देखिएका बिरामीलाई उपचारका...

काँग्रेसले बिर्सियो किसुनजी

२०७१ पुष ८ गते ५:१२

काठमाण्डु, ८ पुस– नेपाली काँग्रेसका स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईको ८९ औं जन्मजयन्ती आज उनका अनुयायीले विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् । भट्टराईको जन्म पिता संकटाप्रसाद र माता ललितादेवीको कान्छा छोराका रुपमा विक्रम सम्वत १९८१ पुस ८ गते आजैका दिन भारतको बनारसमा भएको थियो । आफ्ना...

एक सातादेखि जिल्लामा यातायात ठप्प

२०७१ पुष ८ गते ५:०८

चितवन, ८ पुस–चितवनका यातायात व्यवसायीको रुट विवादका कारण यहाँका विभिन्न क्षेत्रमा चल्ने स्थानीय सवारीसाधन एक सातादेखि चल्न सकेका छैनन्  । सातवटा  यातायात व्यवसायीसँग आबद्ध रहेका सवारीसाधन बन्द हुँदा यात्रुलाई सास्ती भएको छ । सहमति विपरीत चितवन टेम्पु, माइक्रो तथा मिनीबस व्यवसायी समितिले चितवनका विभिन्न...

नेपालको पछिल्लो अवस्थाबारे राष्ट्रसंघको चासो

२०७१ पुष ८ गते ४:३७

काठमाण्डु, ८ पुस– संयुक्त राष्ट्रसंघले अवरुद्ध प्राय: नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण सम्बन्धमा चासो देखाएको छ । राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्यले मंगलबार एमाओवादी नेतृत्वसँग भेट गरी शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाबारे चासो राखेका हुन् । लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा करिब...

प्रचण्ड रिसाएपछि किन लचिलो भए काँग्रेस–एमाले ?

२०७१ पुष ८ गते ४:२७

काठमाण्डु, ८ पुस– एकीकृत माओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाले आन्दोलन घोषणाको तयारी गरिरहेका बेला सत्तारुढ काँग्रेस–एमालेले दलहरुबीच अवरुद्ध संवाद प्रक्रिया पुन: सुचारु गर्ने भएका छन् । काँग्रेस–एमालेले आज एमाओवादी र मधेसी मोर्चाका नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्दैछन् । यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति...

मेलमिलाप समितिले मिलायो पाँच महिनामा ६७ विवाद

२०७१ पुष ८ गते ३:१६

इलाम, ८ पुस– जिल्लाका पाँच गाविसमा गठित सामुदायिक मेलमिलाप समितिले पाँच महिनाको अवधिमा ६७ वटा विवाद समाधान गरेका छन् । मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूह प्याग नेपालले सामुदायिक मेलमिलाप परियोजनाअन्तर्गत इलामका सिद्धिथुम्का, लक्ष्मीपुर, शान्तिपुर, एकतप्पा र शान्तिडाँडा गाविसमा गठन गरेको सामुदायिक मेलमिलाप...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२०७१ पुष ८ गते ३:१०

कैलाली, ८ पुस– पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कैलालीको रामशिरझाला–७ सिमतरीमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । पहमानपुरबाट सुखडतर्फ गइरहेको से३प २७५६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी पहमानपुर–३ का ३३ वर्षीया नवराज जोशीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय...

सेनाले जग्गा फिर्ता नगर्दा अनुसन्धान र उत्पादनमा समस्या

२०७१ पुष ८ गते ३:०२

सुर्खेत, ८ पुस– सुर्खेतको दशरथपुरमा रहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को जग्गा माओवादी सैनिक शिविरपछि नेपाली सेनाले अझै फिर्ता गरेको छैन । जग्गा फिर्ता नहुँदा कर्मचारी व्यवस्थापनदेखि कृषि अनुसन्धान कार्यक्रमसमेत प्रभावित भएको नार्कले जनाएको छ । नार्कको जग्गा २०६३ देखि २०६८ सालसम्म लगातार...

हेमराज भए मंसिरको उत्कृष्ट प्रहरी

२०७१ पुष ८ गते २:५३

मोरङ, ८ पुस– पूर्वक्षेत्रीय प्रहरी कार्यालयले प्रहरी नायब निरीक्षक हेमराज ओलीलाई मंसिरको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । पूर्वक्षेत्रीय प्रहरी कार्यालय अनुसन्धान समूहमा कार्यरत ओलीलाई आपराधिक घटना नियन्त्रणमा मंसिरमा उत्कृष्ट कार्य गरेको भन्दै कार्यालयले महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो । गत असोज २९...

मल पुनः परीक्षणका लागि केन्द्रमा फिर्ता

२०७१ पुष ८ गते २:३७

नवलपरासी, ८ पुस– नवलपरासीमा सरकारी अनुदानमा आएको रासायनिक मल गुणस्तरहीन भएको भन्दै किसानले विरोध जनाएपछि उक्त मल पुनः परीक्षणका लागि केन्द्रमा पठाइएको छ । कम्पनीमार्फत जिल्लाका सहकारी संस्थाबाट वितरण भइरहेका अधिकांश युरिया मलमा धुलो भएका कारणले किसानले क्षतिपूर्ति दिन माग गरेपछि मललाई पुनः परीक्षणका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us